Posted by: kalomanche September 25, 2009
अतितको पानाबाट.......
Login in to Rate this Post:     1       ?         Liked by
.....एउटा प्रयास - ग़ज़लको

धेरै रोएँ,  ब्यर्थै रोएँ क्यारे .....
कहिले हर्षले रोएँ, कहिले बर्षाले रोएँ
निकटताले पनि  रोएँ, बिकटताले पनि रोएँ
हाँसो बाड़ी  वरी, दुख लुकाई लुकाई रोएँ
आफ्नै जीवनको गाठोलाई, सुर्काई-सुर्काई रोएँ
मुटुको घाऊलाई बल्झाई-बल्झाई रोएँ
बिच बाटो मै अल्झिएको मायालाई, अल्झाई-अल्झाई रोएँ
संगै हिडया साथी बेग्लै बाटो लाग्दा, हात हल्लाई-हल्लाई रोएँ
तीता मीठा पलहरुलाई मुटुमा थन्काइ- थन्काइ रोएँ
जसको नाऊ लेख्या थिएं हज्जारौ चोटी,
त्येही नाऊ मेटाई-मेटाई रोएँ
त्येही नाऊ मेटाई-मेटाई रोएँ ...

Read Full Discussion Thread for this article