Posted by: Nepe September 24, 2009
यु येसमा माकुनेलाइ कालो झंडा??
Login in to Rate this Post:     2       ?         Liked by

सुण्दरमणी दीक्षितजी,


राजनैतिक नैतिकता नाम गरेको जुन कछाड छ नेपालमा त्यो कछाड माकुने मात्र होईन कुनै पनि वर्तमान नेतालाई लगाईदिने हो भने उँभो छोप्दा उँधो देखिने, उँधो छोप्दा उँभो देखिने गरी छोटो छ । अरु त अरु नागरिक अगुवाहरुको लाज पनि राम्ररी नछोपिने लम्बाईको भएको छ त्यो जिनिस, कुरै गर्ने हो भने । त्यसैले त्यो कछाड सार्वजनिक घोबीढुङ्गामा पिट्नुको कुनै तुकै छैन, सुन्दरमणी डाक्टरसाहेब ।


 माकुने प्रचण्डको कृपाले संसदमा आईपुगेको हुनाले उसले नूनको सोझो गर्नुपर्छ भन्ने त सामन्तवादी value हो डाक्टरसाहेब । लोकतान्त्रिक value त के हो भने माकुनेले कानून माने पुग्छ, प्रचण्डलाई मान्नु पर्दैन । प्रचन्डेले पनि माकुनेलाई कानून अनुसार मात्र व्यवहार गर्न पाउँछ । उसलाई हटाउने हो भने संविधानमा हटाउने विधी उल्लेख छ, सोही अनुसार गर्ने हो । संविधानमा कालो झण्डा र ईटा-ढुङ्गा, जो प्रचण्ड अहिले प्रयोग गरिरहेका छन्, को प्रावधान राखिएको छैन ।


 सून्दरमणीजीले माओवादीलाई उच्च जातको र अरुलाई तल्लो जातको दलहरु हुन् भन्ने जंगे तर्क स्थापना गरेर सोही अनुसार माओवादीले विशेष सम्मान र अधिकार पाउनुपर्छ भनेर जिकिर गर्नुभएको रहेछ ।


 माओवादीलाई उच्च जातको स्थानमा राख्‍न वहाँले दुईवटा कर्मको उल्लेख गर्नुभएको रहेछ । संविधानसभा माओवादीले ल्याएको । गणतन्त्र पनि माओवादीको मात्र एजेण्डा रे । संविधानसभा चाही जरुर हो । तर गणतन्त्रको हकमा सून्दरमणीजीले नजानेर हो वा जानीजानी हो के कुरा लुकाईदिनुभएको छ भने माओवादीले कम्तीमा आफुलाई दीक्षा दिएको गणतन्त्र वहाँले credit दिन खोज्‍नु भएको लोकतान्त्रिक गणतन्त्र (Democratic republic) नभएर जनगणतन्त्र (People’s republic) हो ।


 


 



 


 


 माओवादीले जनगणतन्त्र को एजेण्डालाई अन्तिम रुपमा त्याग गरेर लोकतान्त्रिक गणतन्त्र लाई पूर्ण अंगिकार गरेको भए, सून्दरमणीजीले दावी गरिदिनुभएको कुरा सही हुनेथियो । त्यो नभएकोले वहाँ फटाहा कुरा गरिरहनुभएको छ । कुरा भन्या खस्रा मीठा ।


 माओवादीको प्रेमिका त जनगणतन्त्र हुन् । उनिहरुको निम्ति लोकतान्त्रिक गणतन्त्र भनेको त एकरात सुतिदिएर फेरि आफ्नै प्रेमिका भेट्ने यात्रामा हिड्ने भने हुने एउटा वेश्या हो ।


 लोकतान्त्रिक गणतन्त्र माओवादीको निम्ति एकरातको वेश्या हो भने सून्दरमणी डाक्टरसाहेब चाही त्यसैलाई यो त माओवादी र लोकतान्त्रिक गणतन्त्र को लैला-मजनुको भन्दा बढी गहिरो प्रेम हो भनेर हिडिदिनुभएको छ । के ताल हो यो डाक्टरसाहेब ?


 त्यसकारण माकुनेको विरुद्ध यो राजनैतिक नैतिकताको पाखण्डी कुरा गर्न छाडेर बरु माओवादीलाई लोकतान्त्रिक गणतन्त्र लाई प्रेम गर्न सिकाउन पट्टि लाग्नुभयो भने नेपाली लोकतन्त्रको लागि वास्तवमै केही योगदान गर्नुहुनेछ र धर्म कमाउनु हुनेछ ।


 आधा फटाहा कुरा गर्दै हिड्न छाड्नुहोस्, सुन्दरमणीजी ।


Nepe 


http://www.nayapatrika.com/newsportal/view/6416.html

Read Full Discussion Thread for this article