Posted by: chipledhunga September 24, 2009
~चौतारी १५९ दशै स्पेसल्~
Login in to Rate this Post:     0       ?        

पानी पर्‍यो हरियो भयो बन
तिमीलाई पाए रमाउँथ्यो मेरो मन
समय छोटो छ तिमीले दिएको एउटा फोटो छ


झरी पर्दो बिहीवारे रात्रीकलीन जदौ सबैलाई। आज नारायणहिटी संग्राहलय पनि पुगियो। कास्की बैठक, धनुषा बैठक, गोरखा बैठक लगायत भत्काइएको त्रिभुवन सदन आदि हेरियो। प्रवेश शुल्क रु १००, क्यामरा निषेध।
बाटो काट्ने काम चाँही सार्है गार्हो। अहिलेसम्म ट्याक्सी चढ्नु परेको छैन। आज थापाथली देखि जमलसम्मको माईक्रोको भाडा रु १०, अनि हात्तीसारदेखि हनुमानथान (बबरमहल नजिकै) सम्मको नेपाल यातायातको बस भाडा पनि रु १० नै। कान्तिपथको पश्चिम अहिलेसम्म गएको छैन, त्यसैले जुद्ध शमशेरलाई व्हाटस अप भनेर महेन्द्र बाउचाको पसल जान पाएको छैन।         

Read Full Discussion Thread for this article