Posted by: Birkhe_Maila September 22, 2009
lau na dashain manaunu paryo
Login in to Rate this Post:     0       ?        

गोर्खाली बन्धु!


छ्याङ बनाऊन त अलि गाह्रो र समय पनि लाग्छ बरु छ्याङ खोज्ने किन्ने र पिउने तरिकाहरु यस प्रकार छन्।


छ्याङ के हो?- अन्न (विशेषगरि भात तथा कोदो) बाट बनाईन्छ र जस्ताको तस्तै अर्थात मजाले नछानिकन छोक्रासहितको सेतो झोल निकालिन्छ।


जापानमा धेरै पहिलेदेखि नै छ्याङकै एक रुप साकीको चलन चलिआएको छ। भातको साकि जुन फिल्टर गरिएको हुँदैन वास्तवमा छ्याङ जस्तै हुन्छ (देख्नमा, सुँघ्नमा तथा स्वादमा पनि)।


तपाइँ कत्तिको ठूलो शहरमा हुनुहुन्छ थाहा छैन तर कुनै एशियन पसलमा जानुहोस र मदीराको सेक्सन तिर unfiltered sake खोज्नुहोस। nigori ब्रान्डको धेरैजसो ठाउँमा देखेको छु मैले। चिन्नको लागि, यो प्राय: बोतलमा पाइन्छ र तपाइँले बोतलको पिँधमा सेतो पदार्थ थिग्रिएको देख्न सक्नुहुन्छ। भेट्नुभएन भने पसलेलाई unfiltered sake छ छैन सोधेर किन्नुहोला र घर ल्याऊनुहोला। खालि दूधको ग्यालनलाई सफा गर्नुहोस, साकि त्यसमा खन्याऊनुहोस र एउटा मकै छोडाएर बिर्को बनाऊनुहोस। अब तपाइँको खोयाबिर्के छ्याङ तयार भयो। मज्जाले दशैँमा मासु संग खानुहोस!

Read Full Discussion Thread for this article