Posted by: khalisisi September 21, 2009
कालो झन्डा का आयोजक हरु हो ... .. .
Login in to Rate this Post:     1       ?         Liked by


आदरणिय अमेरिकावासी दाजु भाई तथा दिदी बहिनिहरु,



हाम्रो देश नेपाल बाट सन्युक्त राष्ट्र सघ को ६४यौ महधिवेशन मा भाग
लिन न्यू-योर्क शहर मा हाम्रा सम्मनानीय प्रधानमन्त्री , माधव कुमार नेपाल आउनुभएको
आवशरमा वहाँलाई हार्दिक स्वागत छ ।



सम्विधान निर्माण को प्रकृया मा भएको हाम्रो देश नेपाल ले आहिले
धेरै चुनौती हरुको सामना गर्नुपरेको छ । यस्तो समयमा सन्सार भरी रहेका हामी नेपाली
हरुले आफ्नो आफ्नो आस्था र बिचार जे जस्तै भएतापनि, खुला मनले देश को प्रतिनिधित्व
गर्न आउनुभएका, सर्वदलिय प्रधानमन्त्री को भ्रमण माथि गौरव गरेका छौ ।



यस्तो आवसरमा हामी अमेरिका मा रहेका नेपालीहरुले आफ्नो तितोपना
"कालो झन्डा" को प्रदर्शन मार्फत होईन कि, "छलफल को चौतारी"  को माध्यम बाट व्यक्त गर्नुमानै बुद्दिमता देखिन्छ





त्यसैले, "कालो झन्डा" र अवरोध कार्यक्रम का आयोजक महोदयहरुलाई
मेरो यो अनुरोध छ कि, उक्त कार्यक्रम स्थगित गर्दै, छलफल र सुझाव को कार्यक्रम राखेर
अमेरिका मा रहेका सम्पूर्ण इचछुक नेपालीहरुलाई अन्तर्कृयामा सामेल गराउदै, देश निर्माण
मा सहयोग जुटाउन आनुरोध गर्दछु ।






धन्यवाद्,



लक्ष्मी प्रसाद प्रसाई



काठमाडौं-३२, घटेकुलो, अनामनगर



हाल - अमेरिका भ्रमणमा



Read Full Discussion Thread for this article