Posted by: ritthe September 9, 2009
चौतारी चौथौ वार्षिकोत्सव
Login in to Rate this Post:     0       ?        

ओहो बल्ल बल्ल भेटियो !


जन्मोत्सव उपलछेमा चौतारीको मेरो पहिलो पोस्ट खोजेर ल्या'छु ! जुलाई १४, २००७ मा चौतारी भाग- ६२ मा चौतारीमा छिर्या रइछु म  चाँही ! 


ल हेरुम मेरो पहिलो पोस्ट


****************


Posted on 07-14-07 9:57 PM     Reply | Notify Admin 
Rate this Post: If 20 or more rate this post with 1 star (Flag as Inappropriate), this posting will be inactivated  
 
नमस्कार छ है यो रीत्थे को पनि !
चौतारी चौतारी भन्थे, क्या रछ यो चौतारी भनेर यस्सो च्याको त खोइ के खोइ के । भऊते ले मात्र आपत्ति जनाको जस्तो देखी मैले त। हन यो चौतारीमा क्यार्नी हो नी लौ न बाटइदिनु परो अब चाँही !


Oohi ritthe,


****************


त्यस्प्छी ठुल्दाइ ले मलाई चौतारीमा स्वागत गरेको अंश पनि हेरुम ! 


*******************
Posted on 07-15-07 9:40 AM     Reply | Notify Admin 
Rate this Post: If 20 or more rate this post with 1 star (Flag as Inappropriate), this posting will be inactivated 
 
तारेमाम् गाम्लेहरु के छ ताअाअाअाअाआ?


पूण्टे दा, चना ब्रो एका बिहानै के को हल्ला? त्यो कम्पुटरमा भाइरस लागेको हुन सक्छ, न भए दाइरस पक्का हो। कम्पुटरका डाक्टरहरु खै कहाँ गएछन्।शुक्रबार भट्टि छिरेकाहरुको छुट्टि अझै सकेको छैनन् कि क्या हो? तारेमाम्।


लौ न पूण्टेदाको कम्पुटरलाई ठोकठाक गरि दिनु पर्‍यो। हुन त मान्छेलाई लाग्ने भाइरस अनि दाइरस भए त ठुलदाई सङ नि केही हिसाब हुन्थ्यो, अब कम्पुटर भने सि गिदिको २ इन्च माथिबाट हुट्ट हुट्ट जान्छ।


चौतारीमा चियाउने, दिमाग खियाउने नयाँ मित्रहरुलाई भित्र देखि नै तारेमाम।
रिठ्ठे कहिं पुरानो रिठ्ठे जासुस् को सहोदर् भाइ त पर्नु भएन? आकास जीको नि यसो नालिबेली पाए बेशै हुन्थ्यो क्या रे।
चौतारिमा रम्न सक्नु पर्छ, चौतारिमा गम्न सिक्नु पर्छ। असली जिन्दगीको अनुभूति पाउन हुने छ।
मुख्य कुरा महत्वपूर्ण
******************** 



अन्त्यमा तेइ अंकमा यो चौतारी उखान टुक्काहरु पनि भेटे मैले त:-


 



केही चौतारी उखान टुक्काहरु :



१- जिम्मालको नलिखुट्टो १२ बर्स ढुङ्रोमा राखे नि बाङ्गाको बाङ्गै।
२- आफै त ठुल्दाइ उत्तानो टाङ, कसले दिने भाङ ।
३- काम पाइनस पुन्टे, धोबिनी जिस्क्याउनी
४- काम कुरो एकातिर, साली खोज्न चौतारी तिर।
५- उसै त मास्टर्नी दिदी, सालीले जिस्क्याकी।
६- जुन साली आए नि जिजु-फोबिया।
७- आउन्न आउन्न लोकचार, आयो लेख्यो माना-चार।
८- बुझ्न जान्दैन, चौतारी टेढो।
९- बुझ्नेलाई चौतारी, नबुझ्नेलाई पँधेरो।
१०- एक बिर्की रउसीमा डुबेर मर्नु।
११- भउतेले जिस्क्याको मुन्छे जिम्माल बा देखे नि तर्सन्छ।
१२- रात रहे अर्गाठ पलाउँछ, सुकुटी रहे ढुँसी पलाउँछ।
१३- नेपालमा लड्की छन्, रुम मेरो रित्तै।
१४- कुम्ले जस्तै सोझो (हँसिया जस्तै सोझो)।
१५- साली खोज्न छैन, भउतेका पछि दुकुर्नी।
१६- पुन्टेको खुट्टा, पिए पनि लर्खराउनी, नपिए नि लर्खराउनी।
१७- जहाँ जाला भउते, साली नै जिस्क्याउला।
१८- तितौरी हराए झैँ हराउनी।
१९- जिम्माल बुढो, निशे तन्नेरी।
२०- ठूलीका गाला, टोके नि रातै नटोके नि रातै। (मार्नी भै ठूलीले  म भागेँ यहाँ बाट)


 



Read Full Discussion Thread for this article