Posted by: Rahuldai September 8, 2009
चौतारी चौथौ वार्षिकोत्सव
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


जन्मोत्सब त भब्य भैराख्या रैछ । बिर्खेबा को गन्नु पुराणले चौतारी पवित्र भएको छ भने नयाँ नयाँ नक्कली र सक्कली नारिहरु नयाँ नयाँ सारी मा उपस्थित भएको देख्दा यो बुढो तन तर तन्नेरी मन अल्हादित भएको छ ।


तारेमाम सान्नानी, नक्कली केटी , सुफला , पुरे अनी आउँदै जादै गरेका अनाम बटुवाहरु ।
चौतारीमा स्वागत छ ।


दोसल्ला सम्मान कार्यक्रम स्थगित गरिएको सूचना।


भोली नव आगन्तुक चौतारीयनहरुलाई दोसल्ला ओढाइ स्वागत गर्ने कार्यक्रम फिक्सड भैसकेको मा दोसल्ला किन्न गएका लहरेकान्त लहरे ले पैसा हरायो भनी झुठा बिबरण पेश गरी बिहे को मरमसला जोडेको भन्ने अपुष्ट सम्चार प्राप्त भएको हुंदा , सो दोसल्ला को कार्यक्रम पछी सल्लाह बमोजिमा हुने गरी हाल अनिश्चित कालको लागि स्थगित गरिएको सूचना दु:खपूर्बक अबगत गराइन्छ ।


 
 
 

Read Full Discussion Thread for this article