Posted by: nepalean September 7, 2009
चौतारी चौथौ वार्षिकोत्सव
Login in to Rate this Post:     0       ?        
हैन यो चौतारीको ह्यापी बर्थडेमा सबैले उइ बधाइ मात्रै दिनेहुन की कोसेलीको पोको पनि ल्याउने हुन।
हुन त सबैलाइ बिदा लागेको होला। यो चाही लाखुपरार चौतारीको ह्यापी बर्थडेमा लेखिएको कबिता । नकचरो बिर्खे २ साल अघि हिरक महोत्सबबाट जस्ताको तस्तै (यो कबिता लेखेको भन्दा अहिले बिर्खे २ साल बुढो भएकोले हाल  यो कम सान्धर्भिक नहोला):

छोराछोरी हुने तिनकै कथा लेख्छन
बुढाबुढी हुने आफ्नै कथा खोक्छन
कोहि नहुनेले कस्को पो लेख्छन
हेरी नकचरो बिर्खे ।

सबै जोगि मरे मेरै खप्पर भरे
हेर्दा हेर्दै याहा सबले बिहे गरे
फत्फताउदै बुढो बैशमा परें
हेरी नकचरो बिर्खे ।

जिम्माल्नी हास्छे कागजमा
कस्को पो घुस्ने यो मगजमा
आउले नि उडेर जहाजमा
हेरी नकचरो बिर्खे ।

यसपाली बाजा बजाउछु
दुनियालाइ देखाउछु
भियग्रा भेटाए चपाउछु
हेरी नकचरो बिर्खे ।


हा हा हा बिर्खेदाइलाइ पो झटारो लागेछ । जांडको सुरमा गालि ठोक्ने भए मलाइ ।
माथिको कुरा १००% सांचोनि हुन सक्छ १००% गलत नि हुन सक्छ, बिर्खे दाइलाइ सोधम है ?सुरुगरेको ट्याम : ८: ०९ ( गन्थन बाहेक)पोस्ट गरेको ट्याम: ८:२६

सांच्चै त्यो कबिता त हो ? कुन फर्मयाटमा पर्यो भनै है गुरुहरु ?

Last edited: 07-Sep-09 11:38 AM
Read Full Discussion Thread for this article