Posted by: बैरे September 3, 2009
सफल जिन्दगी भाग २
Login in to Rate this Post:     0       ?        

serial
<<गज्जब रमाइलो भयो बैरे यो भाग -


डाइलग त झक्कास् को छ - हाँसी हाँसी पढियो
ल अरु नि थप्दै जाउँ >>


के गर्नु बौचा मुख धेरै चल्छ अनी उल्टै फसिने हो कि भन्ने डर पो नि


perfectionsit
<<<<<फोन निकालेर कतै फोन गर्न लागेको झै गरे , टेक्स्ट मेसेज थियो - " २:०० "  >>>


<<< उु शायद गीत सुनेर मग्न भई रहेको हुनु पर्छ , मैले उु झसँङ भएको देखे , शायद उस्ले मेरो आपेक्षा गरेको थियो तर उसको नजर मा म होइन अरु कोही थियो । उु थर्ररर काप्दै थियो , उसका आँखा रसाएको थियो ।>>>


हैन प्रभो के हुन थालयो यो? २:०० बजे भनेर कल्लाई लेख्या? अनी को गीत सुनेर बसिरा? कोल्ले कल्लाई के देख्यो? हैन म त रनभुल्ल्लमा पो परें भन्या। ल बैरे पाट, अर्को भागको लागि पिलिज अर्को वीक सम्म नपुराउ है, नत्र त्याइं आएर खौँ हान्छु  >>


प्रभु म नि त्यही रमिता हेरी रहा छु , खै अरु के भनु । अर्को भाग मा सब थाहा होला भन्छु , जे हुन्छ राम्रै हुन्छ भन्नु बाहेक केही छैन म सँग , त्यो खौ चाँही अन्तै लानु पर्ला जस्तो छ भन्या , प्रभु ले खौ भन्यो कि नभाको टुटुल्को नि टाउको मा पलाउछ ।


Sufal
<<कथामा twist आए जस्तो छ।


लौन बैरे! एस्तो मोडमा आएर क्रमश गर्ने। अन्याय भयो।


<< उु शायद गीत सुनेर मग्न भई रहेको हुनु पर्छ , मैले उु झसँङ भएको देखे , शायद उस्ले मेरो आपेक्षा गरेको थियो तर उसको नजर मा म होइन अरु कोही थियो । उु थर्ररर काप्दै थियो , उसका आँखा रसाएको थियो ।>>>


तर मैले धोकेबाज प्रेमिको गन्ध पाएकी छु है यस्मा। त्यस्तो चाँही नहोस्। >>


प्रभु यो ट्विस्ट् ले कहिले नछोड्ला जस्तो छ । खै प्रभु धोका त नहोला जस्तो लाग्छ , तर मेरो मात्रै मन कपटी नभै उसको नि हुन सक्छ तर अर्थ को अनर्थ चाँही अहिले लगाउन चाहन्न ।


perfectionist
<<<<<उु थर्ररर काप्दै थियो , उसका आँखा रसाएको थियो>>>


मैले पचास चोटि जती पढें होला यो लाइन, म पनि सुफल जि ले भने जस्तै सोच्दै थिएं तर बैरे पाटको लेभेलको कथाकारले यस्तो भाषिक गल्ती त नगरला भन्ने सोचेर चित्त बुझाको छु, रियालाई फेरी धोका त नदेला भन्ने मानेको छु, तर twist चाँही पक्कै छ जस्तो लाग्दै छ >>


प्रभु त्यो अङ्रेजी मा भनाइ छ नि "Beauty Lies in the eyes of the Beholder " भन्या झै म जस्तो नाथे कथाकार लाई यत्रो मान तपाईं हरु ले नै दिएको हो । तर कापेको वा कापेकी र आँखा रसाएको चाँही उसकै नै हो । अब व्याकरण S.L.C मा चोर्दा नि उत्तर एउटै हुन्छ भन्ने डर ले चोरिन अब यस्तो गल्ती त हुँदै जान्छ ।


KAledai
<<बैरे जि,


कथा सारो मिठो लाग्यो, सफल जिन्दगी भाग-२ पनि आईसकेको रहेछ। सबै भाग एकै चोटीमा पढेर सिध्ध्याए, रमाइलो लाग्यो।>>


काले दाई तपाई ले कथा पढिदिनु भएको मा म निकै आभारी छु । तपाईं हरु को प्रोत्साहन ले नै २-४ शब्द कोरेको हुउ मन पराइदिनु भयो, क्रितज्ञता को ऋणी बनाइदिनु भयो ।


Sufal
<<Perfectionist जि,



मेरो बुझाईमा भाषीक असुद्ध जस्तो लाग्छ। बैरे आँफैले  लिएर आयो कि कोही? के थाहा। उसलाई message आएको थियो २ बज्ये भनेर। बैरेले कस्लाई लिएर आयो  त्यही भएर उ तर्सेकी होली।


<<<मेरो यो नयाँ रूप देखेर उु दङ्ग थियो , तर उस्लाई के थाहा उु मेरो जालो भित्र फस्दै गएको थियो भनेर । >>>



यो line यस्तो हुनु पर्ने होइन र?
मेरो यो नयाँ रूप देखेर उु दङ्ग थिई, तर उस्लाई के थाहा उु मेरो जालो भित्र फस्दै गएकी छ भनेर ।


यो पनि
<<<उु मुस्कुरायो , मेरो हात लाई आफ्नो हात ले समाइ र मलाई फकाको झै फेरी मेरो काध लाई सिरानी बनाउन पुगी । >>>


 उु मुस्कुराइ, मेरो हात लाई आफ्नो हात ले समाइ र मलाई फकाको झै फेरी मेरो काध लाई सिरानी बनाउन पुगी ।


********म गलत पनि हुन सक्छु है फेरी। मेरो Evaluation मात्र हो यो।**********>>


प्रभु ब्याकरण मेरो सौता हो , त्यो नि कान्छी भनेर ल्याको उल्टै मलाई नै डुबायो , अर्थ को अनर्थ नलगाउ , अरु पात्र गाडी मा उभिएको मान्छे बाहेक अरु कोही थप्या छैन ।


perfectionist
<<सुफल जि, तपाईंले भनेको जस्तो हो भने त बैरे लाई खौँ हान्नु पर्छ, द्वाङ-कि-द्वाङ गरेर  >>


होइन यो कथा भन्दा नि खौं निकै भारी पर्ला जस्तो छ


boulevard dreams
<<ल बैरे यो चै एेक्दम राम्रो लाग्यो है । तर आन्तिम म आएर चै अलिअक्ती बोर लाग्यो , अरु साथी हरुले भनेको जस्तो काहानी मा twist औंला जस्तो छ , तर ठिकै छ कथा म उथल्पुथल भनेको भएन भने कथा को महत्व नै भएन नि । ल ल बैरे जे रमाइलो हुँदै छ । तर साथी म नेपाल जआदै छु छिट्टै नै । प्रभु को कथा चै एेक्दमै मिस्स होल जस्तो छ , हेरौ सके सम्मा उप्डेट हुन ट्राइ गर्छु । >>


त्यही भन्या प्रभु कहानी मा ट्विस्ट् भन्या हुनु नै पर्छ , प्रभु को यात्रा सफल होस्, प्रभु कथा पढेर गुण लगाउनु भयो, भयो , नेपाल जादा त्यो होन्चा को मा गएर बैरे को नाम मा एक प्लेट छोइला , कचेला, चटामरी र बाह्रा खाइदिउ न लौ ।


saanu_fren
<<बैरे कथा पढेर त मज्जा आयो तर यो केटा भन्ने मान्छे किन यस्तो हुन्छन भन्ने पो लाग्यो त, कस्तो होला त, केटेीलाए जसरि नि फकऔन नै पर्ने, तो नि झूठो बोलेी बोलेी,यो केटा को त जातै नहुने कया...मनमा कत्त्ति कपट राखन सक्ने जात होला त भने नेी के भन्नु र खै...>>


साथी , केटा , केटी भनेर छुटाउनै मिल्दैन नि , अब लैला मज्नु हेरेर- " सब केटा मज्नु जस्तै हुन्छ" भने नि हुने हो नि , त्यही वाक्य को अगाडि "किन " र अन्तिम मा "हुदैन " थपेर केटा को जात लाई बेजात गर्न पाएन नि ? कठोर  मन केटा हरुको मात्रै हुन्छ र भन्या ?


अब जो झुठो को सवाल छ , त्यो चाँही "Every Thing is fair in Love and war " तर मेरो झुठ मा चाँही कपटी पना चाँही छैन जस्तो मलाई लाग्छ । अब नफस्या चरी भए पो कपटी भन्ने , फसी सक्या माछो हो , त्यो नि झुठो त उसलाई डेन्भर ल्याउन मा हो । अब त्यस्को ब्रिस्त्रित reasoning आउँदो भाग मा खुल्ने छ ।


NitiSa
<<लौ को आयो फेरी रियानै झसँग हुने गरी। मलाई लाग्छ त्यो सफल जिन्दगी part one मा रियासँग च्यङ्राको wedding मा आउनु पर्ने मान्छे जस्तो लाग्यो। Waiting to see what happens next........ >>


खै आफ्नो जिन्दगी सफल होस् भन्ने कामना कसै बाट देखिएन , च्याङ्ग्रा को विवाह मा त च्याङ्ग्रा र उु जिस्क्या जस्तो लाग्छ , साचो हो भने त ठहरै हुन्छु म त ।


NitiSa
<<मेरो भनाइ पनि तेही हो Saanu_fren. बैरे ले पेट्भरि जवाफ दियो तेसैले चुप लगिरहेको छु।>>


कहाँ त्यस्तो जवाफ दिए साथी मैले ? मैले त मेरो सोच बिचार  यहाँ अगाडि राखेको मात्रै हो । जान अनजान मा चोट पुराए ब्ने माफि चाहन्छु ।


RajaHarischandra
<<एकै शासमा पढे, फुर्सद लिएर| साह्रै राम्रो| "अब चाँही अलिक काम ढाट्ने गर्नु पर्‍यो प्रभु" फेरी चित्रगुप्तले हाम्रा भागका  इट्टा चलाऊलान पनि | हुन त "यभ्री थिंग ईज राइट इन वार एंड लभ" भन्छन| पेलौ पेलौ|>>


प्रभु हेर्नु न फुर्सद नपाएर जमुनि को २-३ भाग छुटिसकेको थियो । काम ले धेरै नै पेल्या छ , ढाटु भने ताउके यही अगाडि नै बस्छ , समय समय मा के गर्दै छ भनी हेर्न आउछ , त्यस्को बाउ को पैसो खाको जस्तै , आच्या हो नि !!! के भा मलाई ? 



 

Read Full Discussion Thread for this article