Posted by: Rahuldai September 3, 2009
साझाको मित्र मृत्‍यु शैय्यामा
Login in to Rate this Post:     0       ?        

साझाका मित्रहरुको सदभाव र कामना लिएर हिजो साँझ डिसी पुगें । Fairfax Novia अस्पातल को सघन उपचार् कक्षमा श्रेष्ठ जी लम्पसार भेटें । पूर्णरुपमा बेहोस् पवनजी मेशिनको साहयतामा सास फेर्दै गरेको एकै छिन नियालेर हेरें ।


हे भगवान, भगवान सँग साँच्चै नै शक्ती भएको भए यही बेला हो चमत्कार देखाउने भन्दै पुकारें ।


मेशिन को सास मा कती आश गर्ने ?


 


फोक्सो को एउटा पातो काम नलाग्ने र अर्को ले पनि क्षमताको थोरै अंशमात्र काम गरेको छ रे । त्यस माथि स्वाइन फ्लु को संक्रमणले ऊपचार् मा जटिलता थपियो रे । 




 

सघन ऊपचार् कक्षको आगुन्तुक कक्षमा श्रीमती श्रेष्ठ कींकर्तब्यबीमूढ निराश निराश, हतास देखें र भेटें । यस दु:खद र पीडादायक क्षणमा सान्त्वना र धैर्यशिल रहन बिन्ती गरें । साझाका मित्रहरुलाई धन्यवाद भन्नु भएको छ ।



सानी नानी र श्रीमती श्रेष्ठका आउने कठिन दिनहरुको लागि सक्दो सहयोग गर्न हुन पुन: हार्दिक अपिल गर्दछु ।


सहयोग को लागि निम्न लिन्क को पे-पाल एकाउण्टमा दान सहयोग गर्नु हुन अनुरोध छ ।



 http://newah.org/index.php?option=com_content&task=view&id=80&Itemid=1

Last edited: 04-Sep-09 09:55 PM
Read Full Discussion Thread for this article