Posted by: perfectionist September 1, 2009
~ * चौतारी १५७ *~
Login in to Rate this Post:     0       ?        
<<<अनी अहिले पुरे आएर सबैलाई च्या लेर आउछ !>>>

के रे?! के रे?! के रे??!! च्या ल्याउँछ रे? कल्ले भन्या? किन भन्या? काँ भन्या? कसरी भन्या? के भन्या?? तेत्रो बडेमानको च्या पकाउने मेसिन ल्या थें, सप्पैको लागि मनग्गे पुग्नी गरी च्या बन्थ्यो, त्यो मुर्दार, लहरेले घरमा पाउना आ छन, एकैछिनमा लेर आम्छु भनेर लेर गाको, ऐले त के च्या भाँडा, तपाईं को? कल्लाई खोज्या भन्छ, अझै मै च्या ल्याउनु पर्नी? लाज्-सरम हरण भा जस्तो छ। भन्न नि कसरी सक्या भन्या नि क्या, अचम्मै लाग्छ भन्या

ल प्रणाम गरें सब अवतारिहरुलाई, अघी आ थें तर त्यो मुर्दार लहरे त्याँ बसेर त्यो चिलिमको स्पोन्जमा आगो लाएर तान्दै थ्यो, ब्यान देखी के मुख मुखै लगाइ भो र भनेर म त तल सम्म घुमेर आको। ठुल्दाइको आवाज सुनेर आको त, रिट्ठे नि आइ सकेछन। ल लहरे, ठुल्दाइ, रिट्ठे अनी आउन बाँकी सबै कामचोरहरुलाई पनि प्रणाम!
Read Full Discussion Thread for this article