Posted by: nakkali keti August 30, 2009
KASTO DIN AYO??
Login in to Rate this Post:     0       ?        
मधेस भारतसँग सिमा जोडीएको नेपाली भुभाग हो-भारत हैन। हिन्दी भारतको संपर्क भाषा हो, हामी नेपालीको हैन भन्ने कुरा हामी पहाडी मुलका नेपालीलाई त प्रस्ट छ भने मधेसवासी र मधेसी प्रतिनिधि परमानन्द झालाई थाहा नभएको बिषय पक्कै पनि हैन होला। झाका अनुसार उनले मधेशी जन अधिकार फोरमको निती अनुसार र मधेसी जनताको चाहनाको सम्मान गर्न हिन्दिमा सपथ लिएका रे। झाजी लाई उपराष्ट्रपती भन्ने पद पार्टी भन्दा माथि हुन्छ अनी यो पदको दायित्व पार्टिको नितिले हैन देशको संविधानले निर्धारण गर्छ भन्ने पनि थाहा नभएको हैन होला। भनिन्छ नि निदाएको मान्छेलाई बिउँझाउन सकिन्छ तर निदाएको जस्तो गर्नेलाई सकिन्न भनेर। फेरी संबिधान सभामा जम्मा ५२ सिट जितेको पार्टिले सम्पूर्ण तराइबासिको प्रतिनिधित्व एकलौटी रुपमा गर्दैन। उनले बरु आफ्नै मात्री भाषा मैथिलिमा सपथ लिएका भए पनि स्तीथी यती आपत्तिजनक हुने थिएन होला तर भारतीय बिस्तारबादले किचिंदै गएका हामी नेपालीलाई आफ्नै देशको प्रथम उपराष्ट्रपती जस्तो गरिमामय पदमा मनोनित भएको मान्छेले आफ्नो राष्ट्रिय भाषा लत्याएर हिन्दी भाषालाई दिएको महत्वले नेपाली जनताको चित्त दुखाउने काम मात्र हैन उनको नैतिकतामा पनि प्रश्न चिन्ह लगाइदिएको छ। उसो त उनको नैतिकतामा प्रश्न चिन्ह लागेको यो पहिलो पटक हैन। कुनै बेला आँफै न्यायधिस रहेका झा ले सर्बोच्च अदालतको फैसलालाई लत्याएर सर्बोच्च अदालत, कानुनी ब्यबस्ता भनेको केही हैन, "ब्यतिगत अधिकार" भन्दै जस्लाई जे जे गर्न मन लाग्छ गर्न पाईन्छ भन्ने सन्देस दिरहेका छन। यसै त देश शासन ब्यबस्ता लथालिङ भएर बाँदरले उजाडेको बगैंचा जस्तो भएको छ, झन बाँदरले नै यस्को रेखदेख गर्ने जिम्मा पाउँदा के होला यस्को हाल?

यि त भए झाका कुरा तर कालो छाला देख्ने बित्तिकै "धोती" भन्ने चस्मा लगाएर हेर्ने हाम्रो बानी पनि कम दोषी छैन। धोती लगाउनेको मनमा राष्ट्रियता भन्ने कुरो हुँदैन भन्ने हाम्रो सोचाइले पनि टोपी र धोती बिचको फाटोलाई बढावा दिरहेको छ। यस्तो स्तिथिले "भाइ फुटे गँवार लुटे" नहोला भन्न सकिन्न।

तर सपथ ग्रहण सच्याउने नै हो भने उपराष्ट्रपती परमानन्द झाको मात्र हैन प्रधान मन्त्री माधव कुमार नेपालको पनि सच्याइनु पर्छ। संवैधानि ब्यबस्ता अनुसार कि त ईश्वरको नाममा या जनता को नाममा सपथ लिनु पर्छ। हाम्रा प्र. म. ज्युले सपथ ग्रहणको क्रममा "कि...... कि........"  भनेर न त ईश्वर भनेका न त जनता नै। टोपी लगाएर नेपाली भट्याकै भरमा उनले चैं किन छुट पाउने?




Read Full Discussion Thread for this article