Posted by: chipledhunga August 28, 2009
~ * चौतारी १५७ *~
Login in to Rate this Post:     0       ?        
ओहो हर्के, गैदेउ जनकपुरतिर अनि यसो जानकी मन्दिरतिर गएको बेला शिव मिस्ठानबाट लड्डु पनि ल्याउ है। उहिले एक चोटि झरेको हो म ढल्केबाट दक्षिण। उतिबेला प्रधानमन्त्री मरिचमान थिए, अनि प्रहरीले हरियो बर्दी लाउँथे। बाढीले सपहीको पुल बगाएकोले डाइभर्सनबाट जानु पर्थ्यो। काठमाडौंबाट शाकम्बरी र जनक पशुपतिका रात्री बस जान्थे।  मुझेलिया भन्दा माथि एउटा के मैदा कारखाना देखे जस्तो लाग्छ। लौ कहिलेको कुरा सम्झायो हर्केले। अनि हेमबहादुर मल्लको गाउँ कता रे? "लज" लाई "लाँज" लेखेको पनि पहिलो चोटि जनकपुरमै देखेको हो।            
Read Full Discussion Thread for this article