Posted by: lakhe August 28, 2009
माओवादीको नागरिक सर्बोचता
Login in to Rate this Post:     0       ?        

बलात्कारपछि बेच्ने आरोपित छुटाउन प्रदर्शन

मुकेश बस्नेत/वीरगंज, १२ भदौ

माओवादी कार्यकर्ता हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ।
बिहीबार बिहान वीरगंजमा निकालिएको लाठीभाटासहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउँदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। 
घोडदौड पिपरा गाविस निवासी १६ वर्षीया युवतीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो।
पीडितले गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटरसाइकलमा अपहरण गरी भारतको सिक्टा पुर्‍याएको बताइन। उनीहरुले त्यहाँ आफूलाई बलात्कार गरी नरकटियागञ्जमा बिक्री गरेको बताइन।
पीडित पिताले जम्दारपुरमा बलजफती कागज गरेर भारु १३ सय तिरी छोरीलाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न माग गरे।

http://www.dainikee.com/newsdetail-9881.html

Read Full Discussion Thread for this article