Posted by: pashupatidev August 28, 2009
गजल
Login in to Rate this Post:     0       ?        
हिमालको ठाडो शिर झुक्दैछ अचेल
बुद्धका दुई आँखा रसाउदैछ  अचेल

पुर्खाको रगतले कोरिएको हाम्रो इतिहाश
रगतकै भेलले  फेरी मेटिदैछ अचेल   

बाजको संख्या बडेर पो हो कि
आकाशमा उड्ने परेवा हराउदैछ अचेल

मन्दिरको घण्टी बजाउने कसले यहाँ
बन्दुकको पो बोलबाला चल्दैछ  अचेल

सन्तानबाटै लुटिएकी नेपाल आमाको मन  
हरपल शन्तिको खोजिमा भौतरिदैछ अचेल   
 
 
Last edited: 29-Aug-09 07:50 AM
Read Full Discussion Thread for this article