Posted by: Rahuldai August 27, 2009
~ * चौतारी १५७ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम लहरे बिर्खेबा, हर्के हन्तकाली, पुरे अनी रिट्ठे ।


काम चोरहरुको सर्दार त लहरे कान्त लाकौल भन्ने कुरा त भन्नै पर्दैन । नत्र जिम्माले ले सबै जिम्मा किन दिन्थ्यो?


चौतारी जन्ममहोत्सब समारोह समिती को कार्य बिभाजन यस प्रकार को छ ।


श्री रिट्ठे राम रायमाझी- टेण्ट सेण्ट रेन्ट तथा पुरुष फेशनको उचित प्रबन्ध गर्ने।


श्री हर्के हन्तकाली - बङगुर, अङ्गुर लगायत को खाद्यान्न तथा पियाद्यान्नको खरिद ढुवानी गरी नेपाल रवानी हुने।


श्री लहरेकान्त लाकौल- टेण्ट गाड्ने तथा पेण्ट गर्ने। महिला संघ को अफिस -घर घर गाई निम्तो बाड्ने ।



श्री पुरे प्यारेलाल् - खाना पकाउ र लरकी फकाउ कार्यक्रम को संयोजन गर्ने ।



श्री बैरे बुर्लाकोटी- फूल र टूल टाग्ने तथा मूल द्वार सजाउने ।



श्री राजु राज रजौरिया - ङिच्च दाँत स्वागत उपसमिती को संयोजन गर्ने, आबश्यक काजु को ब्यबस्था गर्ने ।



सुश्री। श्रीमती साइली शाह - पहिला आउने महिला लाई आसन ग्रहण गराउने  तथा भाषण गर्ने ।


श्री क्रेजी परमात्मा- आध्यत्मिक प्रवचन तथा बौचा  तह लगाउ कार्यक्रमको संयोजन गर्ने ।



श्री चिप्लेकान्त चापागाइ - गीत संगित कार्यक्रमको संयोजन गरी कुमार कुमारीहरुलाई प्रीत र मीत लाउने गोप्य गुरुमन्त्र ब्यबस्थापन ।


अन्य अवतारिहरुलाई काम र नाम अनुसार आबश्यक ठाम मा राखिने ब्यहोरा जानकारी गराइन्छ ।



संयोजक
चौतारी जन्मोत्सब मूल समारोह समिती
२००९

Last edited: 27-Aug-09 09:27 AM
Read Full Discussion Thread for this article