Posted by: chipledhunga August 26, 2009
चौतारी १५६ - Summer Special
Login in to Rate this Post:     0       ?        

ए मलाई माया गर्छु भन्ने हरु
कहिले माया पनि देखाउने गर
तिम्रो टाढाको म्वाइ पुगेन मलाई
बरु आइ मलाई सताउने गर


बुधवारे जदौ सबै गाम्लेहरुलाई।
आज त नमे पनि झुल्किएछ। ठुल्दाइ, बिर्खे, रिट्ठे, हर्के, बाउचा, पूरे, राजु अनि नाम छुटेका वा यो लेख्दा लेख्दै आइपुग्ने सबैलाई एक मुस्ठ तारेमाम।
हेर्दा हेर्दै चौतारी पनि ४ बर्ष हुन लागेछ। नियमित तथा अनियमित रुपमा मैले साझा प्रवेश गर्न थालेको पनि 7 बर्ष हुन लागेछ। २२ बर्षे जीवनको ठुलो हिस्सा साझामै बितेछ। कति पात्रहरुको त अहिले नामो निशान देखिन्न। कतिसँग ब्यक्तिगत चिनजान् अनि भेटघाट पनि भयो।
अरु गन्थन त्यस्तै हो, सेप्टेम्बर ७ भनेको त अमेरिकाको श्रम दिवस पर्छ, काम चोर्न आऊलान् त कोही बार्षिकोत्सव् मनाउन? हर्के त झन महेन्द्र बाउचाको पसलमा मम खाँदै मस्त होला त्यति खेर। बिष्टे पनि पोलेको मकै दार्दै बस्ने होला। बरु ८ तारिखमा गरे कसो होला?
               

Read Full Discussion Thread for this article