Posted by: Deep August 26, 2009
"दागबत्ती"
Login in to Rate this Post:     1       ?         Liked by

"कतै मैले कुलखान्दान, पित्त्रि र बशंज्जहरुको सम्रक्षण गर्ने बहानामा आफ्नो स्वार्थ पुरा गर्न खोजेकी त होइन?"


स्वार्थ आफ्नो पुरा गर्न खोजेको होईन बरु अरुको स्वार्थमा आफ्नो स्वार्थ धरापमा पारेको देखें मैले चैं। कुल खानदान पितृ बंशजको नाममा आफ्नो बैबाहिक सम्बन्ध दाउमा थाप्नु भनेको चानचुने कुरा होईन। दागबत्ती त मरे पछी पाईने कुरा हो, अफ्नो जिन्दगीलाई अरुको दाउमा त्यो पनि च्याँखेको रुपमा थाप्न तयार हुनु आफ्नो खुशीलाई धरापमा पार्नु हो।


मृत्यु भन्दा जीबन धेरै धनी छ। जीवन अनगिन्ती पलहरुको सम्मिश्रण हो भने मृत्यु एक पलको। एक पलको लागि अनगिन्ती पल किन बाजीमा राख्ने?


हामी मध्ये कतिलाई थाह् छ हाम्रो हजुरबाको बाजेको नाम? कस्को बंश थामेको हो हामीले हामी आफैलाई थाह् छैन। बंशजको आदर जिउँदैमा गरे मात्रै हो, मरे पछीको हिसाब गर्ने भए गर्ने अरु नै छन।


अनि फेरी सन्तान नहुँदैमा जिन्दगी निरर्थक हुन्छ भन्ने म मान्दिन। आफु सँग चाहेको जे छैन त्यसकै रहर मौलाउने पक्का हो तर नपुगेको रहरमा पुग्ने रहरको बलि दिनु पनि ठिक होईन।


बिषयबस्तु लेखको अधिकारको कुरा हो। म त्यस्को आदर गर्छु। एउटा पाठ्कको हैसियतमा मैले आफुलाई मनमा लागेको कुरा लेखेको।


लेखाई त राम्रो छ। बेस्सरी भोक लागेको बेला हाफप्लेट मोमो फेला पार्या जस्तो भो।


अरु प्रस्तुतीहरुको अनुरोधमा अहिले लाई बिदा मागें मैले अब।


 

Read Full Discussion Thread for this article