Posted by: ritthe August 26, 2009
चौतारी १५६ - Summer Special
Login in to Rate this Post:     0       ?        

चौतारी चौथौ बार्सीकोत्सव  कार्यक्रम


 


चौतारीको चौथौ बार्सीकोत्सवको  कार्यक्रम पनि बनाइरहनु पर्‍यो है साथी हो ! मेरो दिमागमा फुरेको चाँही यस्तो छ:-


१. सबै भन्दा पैला त बार्सीकोत्सव समारोह समिती ६ सदस्यिय कमिटी गठन गर्ने ! जस्को अध्यक्षता बरीस्ठ चौतारी  सदस्य तथा चौतारी बुद्दीजिवी समितिकाका अध्यक्ष श्री राहुलभाई रायमाझी ले गर्नु हुने छ !


२. सेप्टेम्बर ७ को दिन बिहानै नयाँ चौतारी बनाउने ! अरु भाग भन्दा यो भाग चाँही अली बढी सिगारेर ! नमेले भने जस्तै बेलुन सेलुन राखेर,  फुलमाला सजाएर अली झकी झकाउ चौतारी बनाउने ! त्यस्को लागि २-३ दिन अगावै तयार पारेर राख्ने र त्यो दिन बिहान पोस्ट गर्ने !


३. नयाँ तथा पुराना सबै गाम्लेहरु ले आ-आफ्नो रचना- कबिता, गजल, गीत, चुटकिला भये नि राख्नु पर्ने !


४. दिउसो भोजको प्रबन्ध मिलाउने !


५. साँझ डल्ली भैंसी को मोइ  (डिनर र कक्टेल) को ब्यबस्था गर्ने साथै भोजन पस्चात सबैले अनिवार्य नाच्नु पर्ने ! 


अरु नि थपुम है गाम्ले हो !

Read Full Discussion Thread for this article