Posted by: nepalean August 26, 2009
चौतारी १५६ - Summer Special
Login in to Rate this Post:     0       ?        
चौतारीका सबै गाम्लेहरुलाइ जदौ।
आफु त कि बिहानै की घाम अस्ताए पछि चौतारीमा आउनेहूमदा चौतारीका प्रया बैदाहरुसंग भेट हुदैन। तर पनि बेला बेलामा चियाउने, हल्ला गर्ने आदी इत्यादी गर्न छोडेको छैन।
करिब ३ साल जसो पहिले चौतारी झुल्केको थियो। अब ४ सालको हुनै आंट्यो। अस्ति शन्सरबार पनि सम्झाको त्यो कुरो, खै कसैले कान थापेर सुनेको जस्तो मानिन। अब भने अलि अली चर्को स्वरमा कराए एक दुइ जनाको कानमा बतास लाउला की? आउने सितम्बर ७ मा चौतारीमा यसो बेलुन सेलुन को ब्यबस्था गरुम है? काट्न त केक मात्र नभै कुखुरो,फर्सी,कांक्रा,घिरीमल्ला जे जस्तो काट्दा पनि हुन्छ।
फेरी आफुं त मेलां धाउनु छ, दिन भरी जोत्दा खेत अप्ठ्यारो नपरे, गोरु सजिला परे, भेर भट्टी तिर नपसे भेर पक्कै गनगन गर्न आइपुग्नेछु।
नमेकान्त नगरकोटी
---
मिनी स्कर्ट गाम, अध्यक्ष, दौँतरी मन्त्र मन्दिर

Read Full Discussion Thread for this article