Posted by: chipledhunga August 25, 2009
चौतारी १५६ - Summer Special
Login in to Rate this Post:     0       ?        
ए रात्तै, आज त हाम्रा भूमिगत छिमेकी पनि झुल्केछन्। के छ जिम्मालबा? यो गर्मीको बखताँ भेटेर यसो चिसो बियर खाने होइन? लस्सी सस्सी भन्या पछी बिचार गरम्ला।
पूरे माड्साबलाई पनि तारेमाम। सानीरा त बाउचाकै मकुन्डो जस्तो लाग्छ के जदौ गराइ भो र?
रिट्ठे, सुकुटीका कुरा नगरम्। आज भन्दा ठ्याक्कै १२ बर्ष १४ दिन अघिको कुरा हो। नेपालबाट फर्किंदा एक जना साथीको घरबाट एक धार्नी जतिको होला, राँगाको सुकुटीको पोका आफ्नो हातमा पर्‍यो। यता आएर साथीलाई सुकुटी बुझाँउदा आधा पाउ जति त आफ्नो मुखमा कसो नपर्ला त भन्ने लोभले हुन्छ भनेर ल्याइदिएँ। LA को उडानमा भन्सार फारम हातमा परे पछि पो थाहा भयो त मासु ल्याउन नपाईने रहेछ भनेर। LA मा ओर्लिएपछि अध्यागमन नपुगुन्जेल ठाउँ ठाउँमा Dump, Declare, or Pay $(???) भनेर सूचनाहरु टाँगिएका थिए। Declare नै गरिदिन्छु पक्राउ पर्ने जोखिम मोल्नु भन्दा भनेर भन्सारमा डिक्लेअर गरिदिएँ। केको मासु भनेर सोध्यो, भैंसीको भनें। अनि अर्को चोटि देखि मासु नल्याउनु भन्दै राँगै अट्ला जस्तो ठुलो ढ्वाङमा पोको फालेर Thank you for declaring भनेर मर्छन् असत्तिहरु। 
Read Full Discussion Thread for this article