Posted by: chipledhunga August 25, 2009
चौतारी १५६ - Summer Special
Login in to Rate this Post:     0       ?        

मेरो गीत मेरै प्रतिबिम्ब होइन
जो टुटी जाने छैन फुटी जाने छैन
आकाश जस्तो अमर गीत मेरा
म जस्तो दुई दिनको पाहूना हैन


मंगलवारे जदौ सबै गाम्लेहरुलाई।
क्या हो ठुल्दाइ, घरमा पनि इलाहाबादी गफ नै जाँदो रहेछ त। सबै काम भाउजुलाई लगाउने?  बाउचा पनि त्यस्तै हो हुन त, लहरीलाई सबै काम गराएर आफू ठुल्दाइको चियो गर्दै बस्दो रहेछ।
हर्के, तिमी त्यताबाट फर्किने बेला मेरो चाँही यहाँबाट जाने बेला पर्दो रहेछ। भने पछि महेन्द्र बाउचाकहाँ एक्लै जानु पर्ने भयो जस्तो छ। तिम्रो पनि कतारकै बाटो परेको भए त दोहा ट्रान्जिटमा भेट्न मिल्ने रहेछ। हर्के न पर्‍यो, बङूर खान नपाईने देशको बाटो के हिंड्थ्यो।
रिट्ठे सर, अनि हामी सञ्चै हैन त?
नाम छुटेका सबैलाई तारेमाम अनि ट्यौसासे हाउडी।     

Read Full Discussion Thread for this article