Posted by: serial August 25, 2009
चौतारी १५६ - Summer Special
Login in to Rate this Post:     0       ?        

ठुल्दाइ अहिले सम्म सुध्रेको छैन अरुलाई सुधार्न हिंड्ने


हिजो त क्या जोक भयो भन्देखिन - हाँस्दा हाँस्दा कायल


हिजो कुरा भाथ्यो ठुल्दाइ सँग हैन


हिजो बिहान को मेरो घिचपेच छ नि त्यो क्या सबै काम भाउजु ले गर्नु पर्छ भन्ने कुरा - हssss त्यही कुराले गरेर


कुरा शुरु हुना साथ ठुल्दाइ ले के भन्यो भन्देखिन आज त ठुल्दाइ को खाना पकाउने पालो रे - म पनि काम गर्छु - आज म पकाएर


खुवाउने भन्दै खोक्दै थियो। म पनि ठुल्दाइ को घैटो मा बल्ल घाम लाग्यो भनेर दङग थिएँ। मेरो सात बजे ठुल्दाइ कहाँ आठ बजे शुरु गरेको


कुराकानी हुँदा हुँदै मेरो आठ अनी ठुल्दाइ को नौ बज्यो - अझै आज भात पकाउनु पर्छ भनेर भाषाण दिदै थियो मलाई - बिहा गरे पछी श्वासनी


लाई सबै काम गराउने होइन आँफै पनि गर्नु पर्छ भन्दै - एतिकै मा पछाडि बाट आवाज आयो भात पाक्यो खाना आउनुस् भनेर - यो सुनेर म


त तीन छक्क - ठुल्दाइ आज ठुल्दाइ ले पकाउने भन्या होइन भन्दा ठुल्दाइ त ह्या मुला लहरे तिमी सँग कुरा गर्दा गर्दै टाईम गा नै थाहा भएन रे


भुसुक्कै बिर्सेंछ रे - अब जे हुनु भइहाल्यो खाना मेरी प्राण प्यारी ले पकाइ भाडा चाँही म माझिदिउला नि के छ र है बौचा ल म भात खान


जान्छु भनेर लाग्यो ठुल्दै। म त हाँस्या हाँस्यै -

अनी फेरी मैले ठुल्दाइ लाई फोन गरे मेरो ८:३० अनी ठुल्दाइ को ९:३० मा भाउजुले उठाउनु भयो। ठुल्दाइ खोइ त भन्दा चिलिम खान बाहिर


जानु भाछ रे। अनी भाउजु के गर्दै भन्दा भाडा माझिरा रे - हैन भाउजु ठुल्दाइ ले माझ्ने भन्नेको हैन आज भन्दा त माझ्छ तिम्रो दाई ले -


कुरा भन्दा अरु केही गर्न आउने होइन भनेर दुखेसो पोख्दै थियो।


म त ठुल्दाइ को ताल देखेर चकित - के भन्ने मैले 

Last edited: 25-Aug-09 09:32 AM
Read Full Discussion Thread for this article