Posted by: chipledhunga August 24, 2009
चौतारी १५६ - Summer Special
Login in to Rate this Post:     0       ?        

बनको बाघले नखाए नि मनको बाघले खाला
रोजी खोजी हिंड्यौ भने ज्योवन खेर जाला
अनि रुनु पर्ला कुना पसेर
बुढो पोइको जुम्रा हेर्न बसेर


सोमबारे जदौ सबै गाम्लेहरुलाई।
बाउचालाई बिहेको बधाई छ। बिहेमा जानेहरुले monkey-proof लुगा लगाउन नभुल्नु होला, नत्र चिथर्लान् बाँदरहरुले।
रिट्ठे, १५६ नम्बर को चौतारी बनाएछौ, राम्रो लाग्यो है फोटाहरु। समुद्री किनार देखी फेवाताल सबै समेटेछौ। चित्त नबुझेको कुरो चाँही त्यो आईसक्रीमको है। यस्तो गर्मिमा त चिसो बियर खान पो मजा त, कसो?
क्रेजी परमात्मालाई पनि नमस्कार।
पूरे मार्साब, बाउचाको बिहेको निम्तो त टाँस्यौ, आफ्नो निम्तो चाँही कहिले दिने हो?
ठुल्दाइ, अनि छुट्टी दियो त तपाईंको साहूले?
राजु १६१, नयाँ अनुहार देखिएछ, स्वागतम् ।
बैरे के छ? झर्ने होइन हाम्रो तिर?
अनि हर्के फेरि नेपाल जान लागेको? भाग्यमानी बर्षै पिच्छे जान पाउँदो रहेछ। नजाओस् पनि किन, सँधै यातायात बन्द अनि खेती त रिक्सा चलाउनेकै हुने भयो। अनि कहिले जान लागेको, कति बस्न लागेको? मौका परे त्यतै भेट्नु पर्‍यो है।
                    

Read Full Discussion Thread for this article