Posted by: Maylumaya August 23, 2009
भारतीयद्वारा नेपाली पिटिए
Login in to Rate this Post:     0       ?        

भारतीयद्वारा नेपाली भूभाग प्रवेश गरी नेपाली पिटिए:-


इनरुवा, भारतीयको एक समूहले शनिबार साँझ सुनसरीको हरिपुर ६ स्थित नेपाली भूभागमा प्रवेश गरी नेपालीलाई निर्घात कुटपिट गरेका छन् । भारतीयको कुटपिट र छुरा प्रहारले १२ जना नेपाली घाइते भएका छन् । तीन जनाको अवस्था गम्भीर छ।


सीमावर्ती भारतीय गाउँ वीरपुर र फत्तेपुरबाट आएका ५०/६० जना भारतीयको समूहले नेपाली भूभाग प्रवेश गरी कुटपिट गरेको स्थानीय उस्मान मियाँले बताए । भारतीयले नेपालीमा भूभागमा गाईभैंसी चराउने बहानामा पटकपटक बालीनालीमा चौपाया छाडिदिने अनि यसको विरोध गर्दा कुटपिट गर्ने गरेकेा गाउँलेले बताएका छन् ।


कुटपिटबाट हरिपुर ६ का दर्पी यादव, भवानी यादव, दिनेश यादव, उमेश यादव, विन्देश्वरी यादवलगायत घाइते भएका छन् । घाइतेमध्ये दर्पी यादव, भवानी यादव र दिनेश यादवको अवस्था चिन्ताजनक छ । उनीहरूलाई उपचारका धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । अन्य घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ ।


भारतीयले कुटपिट क्रममा छर्रा, गोली र छुरासहित घरेलु हतियारसमेत प्रयोग गरेको प्रत्यक्षदर्शीले बताएका छन् । सुनसरीका प्रहरी नायब उपरीक्षक राजेन्द्र ढकालले घटनाको पुष्टि गर्दै नेपाली भूभागमा गाईभैंसी चराउन नदिएको निहुँमा भारतीयले नेपालीलाई कुटपिट गरेको बताए ।


 

Read Full Discussion Thread for this article