Posted by: Rahuldai August 20, 2009
कबिता !!!!!
Login in to Rate this Post:     0       ?        

यो कस्तो भीड हो ?  जन्ती हुन कि मलामी ?
भिक्षुहरु   दिदैं छन   अङ्गुलिमारलाई सलामी ।


 


रात नाङ्गै नाच्छन, कोइ आए करङ्ग भाच्छन् ।
प्रात गेरु वस्त्रमा जप्छन बुद्धम शरणम् गच्छामी।


 


मुर्दा शान्ती छ शहर अचेल चकमन्न छ गाउंघर
आँधीबेरी मात्र होइन आउंदैछ बिध्वंशको सुनामी ।


 


साइन बोर्ड झिक,  गुण्टा कस  र भाग  ए "राहुले"  
भलादमीहरु आउँदैछन पोत्न नाम माथि बदनामी।
 

Read Full Discussion Thread for this article