Posted by: shirish August 18, 2009
Sujata's road to Premiership of Nepal: unauthorized documentation
Login in to Rate this Post:     0       ?        

परराष्ट्र मन्त्री भारत गइनन्





उपप्रधानमन्त्री नबनाएकोमा असन्तुष्टि-


काठमाडौं, भदौ २ (नागरिक) - परराष्ट्रमन्त्री सुजाता कोइरालाले प्रधानमन्त्रीसँगको भारत भ्रमण अन्तिम समयमा आएर रद्द गरेकी छिन्। अस्वस्थताको कारण देखाउँदै उनी भ्रमणमा नगएकी हुन्। स्रोतले भने उप प्रधानमन्त्री बन्न नपाएपछि कोइराला भ्रमणमा सरिक नभएको जानकारी दिएको छ।

स्रोतका अनुसार, नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले सुजातालाई उपप्रधानमन्त्री बनाउन प्रधानमन्त्री माधवकुमार नेपाललाई सोमबार दबाब दिएका थिए। तर प्रधानमन्त्री सहमत नभएपछि सुजाताले असन्तुष्टि जनाउँदै भारत भ्रमणमा प्रधानमन्त्रीसँग नजाने निर्णय गरिन्।

परराष्ट्र सचिव मदनकुमार भट्टराईले परराष्ट्रमन्त्री कोइराला स्वास्थ्यका कारण भ्रमणमा नगएको बताए। "धपेडी भयो त्यसैले अस्वस्थ हुनुभएकाले भारत नजानु भएको हो" भट्टराईले नागरिकसँग भने।

कोइराला एक साता लामो भारत भ्रमण सकेर गतसाता मात्र नेपाल फर्केकी हु्न्। कोइरालाले आफ्नो भारत भ्रमणमा देशभित्र आफ्नो प्रभाव बढ्दै गएको बताएकी थिइन्।

 समाचार स्रोतका अनुसार उनले आफु छिट्टै उप प्रधानमन्त्री बन्ने जनाउ उतिबेलै भारतका नेताहरुलाई दिएकी थिइन्। तर अहिले फेरि परराष्ट्र मन्त्रीकै हैसियतमा मात्र उनी भारत जान अनिच्छुक रहेको कोइराला निकट स्रोतले जनाएको छ।
Read Full Discussion Thread for this article