Posted by: timer August 18, 2009
yehi ho nepal, nepali li ko ghara, amazing 9 (Yo bhanda Ghin lagdo kehi hunchha, ram ram)
Login in to Rate this Post:     0       ?        

http://www.mysansar.com/temp/2736.html

लाज छोप्न सुजाता काठमाडौँ मै


Filed under: News and Views — admin @ 11:50 am



प्रधानमन्त्रीसँग
भारत भ्रमणमा जाने निश्चित भइसके पनि अन्तिम अवस्थामा परराष्ट्रमन्त्री
सुजाता कोइराला नजाने भएकी छिन्। कारण के रहेछ भनेर बुझ्दा त लाज छोप्न पो
रहेछ। भन्नलाई त उनले बिरामी भएको भनेका रहेछन्। तर यो अचम्मको बिरामीको
कारण भने लाज रहेछ।


कुरो के रैछ भने अस्ति भारत भ्रमणमा जाँदा नै उनले अब अर्को चोटी भारत
आउँदा उपप्रधानमन्त्री भएर आउँछु भनेर उनले त्यहाँका सब नेताहरुलाई भनेर
आएकी रहिछिन्। कांग्रेसमा गिरिजा बाबुपछिको नेता मै हुँ भनेर स्थापित गर्न
नै उनको भ्रमण भएको रहेछ।


त्यही अनुसार हिजो बुबा गिरिजाप्रसाद कोइरालाले प्रधानमन्त्री
माधवकुमार नेपाललाई आफ्नी छोरीलाई उपप्रधानमन्त्री बनाउनू भनी आदेश गरेका
रहेछन्। आज मन्त्रिपरिषद् विस्तार र सुजातालाई उपप्रधानमन्त्री बनाएपछि
साढे १२ बजे ६४ जनाको जम्बो टोली भारत जाने तयारी रहेछ।


तर माधव नेपाललाई के सुर चल्यो कुन्नि। उनले सुजातालाई उपप्रधानमन्त्री
बनाउन मानेनन्। त्यसपछि त सुजातालाई लाज भइहाल्यो नि। अब के मुखले भारत
जाने ? त्यसैले उनले अन्तिम घण्टामा आएर भारत भ्रमणको योजना नै रद्द गर्न
पुगिन्।
Read Full Discussion Thread for this article