Posted by: lakhe August 17, 2009
माओवादीको नागरिक सर्बोचता
Login in to Rate this Post:     1       ?         Liked by

अनैतिक सम्बन्धको आरोपमा कारबाही

smaller text tool iconmedium text tool iconlarger text tool icon
पाल्पा, भदौ १(नागरिक)- सभासद् लीला सोमैसँग अनैतिक सम्बन्ध राखेको अभियोगमा माओवादीका पूर्व जिल्ला सचिव तिलक मल्ल पार्टी कारबाहीमा परेका छन्। उनलाई मगरात राज्य समितिको कार्यालयमा श्रमकैदमा राखिएको छ। 

एकीकृत माओवादीको हालै सम्पन्न केन्द्रीय समिति बैठकले पार्टी नेताहरुमा आर्थिक, सामाजिक र सांस्कृतिक विकृति देखिएको भनी १५ बुँदे आचारसंहिता बनाएको थियो।

सभासद् सोमैलाई कस्तो कारबाही गरिएको हो भन्ने खुलाइएको छैन। 'मल्ललाई सामान्य पार्टी सदस्यता कायम रहने गरी शिविरमा राखिएको छ,' स्रोतले भन्यो, 'कारबाहीमा परेकै कारण पोखरामा हालै सम्पन्न क्षेत्रीय स्तरको कार्यकर्ता भेला तथा प्रशिक्षणमा मल्ललाई सहभागी गराइएन।'

कारबाहीबारे मल्लले फोनमार्फत घुमाउरो तरिकाले स्वीकारेका छन्। 'पार्टीमा कामगर्दै जाँदा गल्ती हुन्छ। कमरेड बादलबाट पनि गल्ती भएको थियो,' उनले भने, 'जे भए पनि पार्टीको अनुशासनलाई स्वीकार्छौ र आगामी दिनमा सच्चिएर जान तयार छौं।'

यसबारे सभासद् सोमैले थप खुलाउन चाहिनन्। उनले भनिन्, 'सामान्य उठबसको विषयलाई लिएर पार्टीले स्पष्टीकरण लिएको हो।'

Read Full Discussion Thread for this article