भित्तामा भएको र्याक नेर पुगेर "चुरोट खाने गर्या छ?" बाङ्गेलाई एउटीले फ्याट्टै सोधी। म त झसंग भएँ। ---
"छैन, त्यस्तो नचाहिने काम नी कोई गर्छ" बाङ्गेले भन्यो।
हिम्मत त मान्नै पर्छ।
"अनि यो चुरोट कस्को त?" तरुनीले फेरी सोधी।
"कुन चुरोट?" बाङ्गे तरुनी भएको नजिकै पुग्यो।
सुन्दरीले एक कदम पछाडी सरेर हाँस्दै भनी "यत्तिकै भन्देको--हेर तर्सेको"
उनीहरुले भाग लगाएर आएका रहेछन क्यारे --एउटी बाङ्गेको नजिकै थिई सुन्दरी अर्की मेरो। बाङ्गे र मेरो बिच छ सात फिटको दुरी थ्यो होला --
"पलान्चोक भगबती गाको छ?" म सँगै उभीनेले सोधी।
"छ एक चोटी" मैले भनें।
"हामी पनि अर्को शनिबार जाने" उस्ले भनी।
"किन भन्या? आउलान फेरी कोई कोई -- बाङ्गे सँग उभीने ले म सँग उभीनेलाई हेर्दै भनी" उनीहरु दुईटै हाँसे।
हामी पनि हाँसेम।
"कोट किन लाईरा नी?" छेउकी तरुनीले सोधी बाङ्गेलाई।
"अघि एक छिन बाहीर गा थें चिसो चिसो थ्यो -- "बाङ्गेले कोट फुकाल्दै भन्यो। उस्ले कोट ओछ्यानमा यत्तिकै फ्यात्त फ्याँक्यो।
अनि यसो एक दुईटा कुरा के भाको थ्यो बाङ्गे छेउकी सुन्दरी म छेउ उभीएकी कहाँ आई -- उस्लाई तानी अलिपर लगी --खै के भनी -- उनीहरु अब हामी जाने भन्न थाले।
"किन?" भनेको धेरै बेर भै सक्यो फेरी तल के भन्नु हुन्छ भने।
हाम्ले अरु बस्न अनुरोध गरे पनि मानेनन।
"एक छिन बाहीर जान मिल्छ?" बाङ्गे छेउ की ले हामीलाई सोधी।
"मिल्छ" भनेर हामी अरु केही नभनी कोठा बाहीर निस्केम।
हामी त छक्क। म त झन। उनीहरुले ढोका ढप्क्याए।
"के गरीस बाङ्गे तैले?" मैले सोधें।
"केई गर्या छैन, -- पश्पतिनाथ भस्म---यत्तिकै निकाली यार" उस्ले भन्यो।
"केई भनीस की?" मैले सोधें।
"मैले केई भन्या भए सुनीहाल्थिस नी" उस्ले भन्यो।
उनीहरुले ढोका खोले। हामी भित्र गएम।
"ल लाउनु यो कोट" तरुनीले कोट बाङ्गेको हातैमा दिएर गए। हामी अलपत्र झै परेम।
बाङ्गेले कोट हातमै लिई रा थ्यो।
"ला रे -- भन्या सुनीनस?" मैले सम्झाएँ।
उस्ले कोट भिर्यो अनि कोटको सबै खल्तिमा हतार हतार हात हाल्यो। सबै खल्ती रित्तै। एउटा बाट एउटा र आधा ल्वागं निस्कियो त्यत्ति हो।
"कत्तिन लभ लेटर छाम्या होला हैन तैले?" मैले हाँस्दै सोधें।
उस्ले पनि हाँस्दै "सिंत्तैमा मुटु मात्रै बुरुक बुरुक भो" भन्यो।
कुबेर आयो त्यै बेलाँ, "तल आउनु रे" भन्यो।
ल तरुनीहरुले के कुरा लाएछन भन्दै तल पुगेको त खाने बेला भाको रे छ। तल त उही हो छडके कुरा गरीयो अलि अलि-- नभए आँखा जुधायो -- कहिले फुलझडी देख्यो, कैले गमला -- कैले चै रकेटै पनि --त्यस्तै भो।
खान पिन पछी उनीहरु जाने भए। बाङ्गेको बाउले मोटराँ पुर्याईदिन्छु भने।
उनीहरु तयार हुँदै थिए, हामी बाहीर चोकमा निस्केम। चिसै थ्यो। बाङ्गेले कोट लाए अनुसारको मौसम थ्यो बाहीर चैं।
तरुनीहरु पैले निस्के। त्यो अघि बांङ्गे सँग उभिनेले सरासर आएर बाङ्गेलाई एउटा कागज दिई। "अहिले हामी गए पछि पढ्नु है?" उस्ले भनी।
अर्कि तरुनीले मलाई पनि केई दिन्छे की भन्या दिईन। सार्हो चोट पर्यो नी।
न बिर्स्या हो? मैले सोचें। अनि सोधें पनि "मलाई चैं छैन?" उस्ले मुस्काउँदै "छैन" मा टाउको हल्लाई।
बर्बाद भो मेरो -- हुन सम्म भो। जमीनमा धस्सीन पाए नी हुने जस्तै भो। बाङ्गेले मुठीमा त्यो कागज लिएको थ्यो। अहिले जतनले कोटको खल्तिमा हाल्यो म तिर हेर्दै --- "देखिस त बाबु?" भने जस्तै लाग्यो उस्ले मलाई। नराम्रो घोच्यो।
एक छिनमा सबै निस्किए। शिस्टाचार पूर्बक बिदाबारी भए सबै। बाङ्गेको बा ले लगे उनीहरुलाई।
उनीहरु जाना साथ बाङ्गेले "हिन माथि" भन्यो। मलाई त केही नी गर्न मन थिएन।
"म त घर जान्छु" भनें।
"नचाहिने कुरा नगर न -- हिन खुरुक्क--"पाखुरामा समातेर तान्यो उस्ले मलाई।
माथि कोठामा पुग्ने बित्तिकै उस्ले कागज झिक्यो "-- तँलाई पनि दिन्छे पीर नमान--आज नभए भोली दिन्छे --यस्ले नदिए अर्किले दिन्छे --" म तिर हेर्दै भन्यो।
त्यो अघि तरुनीले दिएको पत्र हातमा लिएर उस्ले मलाई सोध्यो "लभ पर्या भन्या यही होईन त? "
मैले के भन्ने? चोट परीरा बेलाँ।
उस्ले बिजयी मुस्कानमा गर्जेर झै फेरी सोध्यो" हो की होईन?"
मैले झर्केर भनें "खै के हो के हो --"
उस्ले हतार हतार खोल्यो कागज---जम्मा एक लाईन थ्यो लेखेको --
"नलाउनु पर्ने कोट चैं जखेर बस्या रे छ ---लाउनु पर्ने चिज चै छैन"
उस्ले र मैले हेरा हेर गरेम। बाङ्गेले हात अकास्मात पाईण्टमा पुर्यायो -- अनि स्वारर तानेर लायो।
****