Posted by: Nepe August 14, 2009
यो आँधिलाइ कस्ले रोक्ने ?
Login in to Rate this Post:     0       ?        

>Kharibot ley margar haru ko testo bathwai garda chahi


>uha tapai ko arya khas mitra, tara bahunbad mathi prasna


>uttahune haru chahi racist?


 


स्याङ्जाली बन्धु,


मैले बाहुनवाद, मगरवाद देखि सबै जातीय-विद्वेषवादी भावना र शब्दावलीप्रति विमती जनाएपछि खरीबोट र तपाई दुवै जनाको बराबर आलोचना गरें त, गरीनँ ?


र वास्तवमा मैले भकुण्डो तपाईको कोर्टमा छाडेको थिएँ, तपाई लगायत डोर बहादुर बिष्टजी र हाल अति सक्रिय जातीय संघीयतावादी प्राध्यापकहरुले प्रयोग गरिरहनुभएको jargon (बाहुनवाद) सम्पूर्ण बाहुन समुदायकै अपमान गर्ने derogatory शब्दावली हो र नेपालमा केही समयमै बन्ने आसा गरिएको anti-defamation कानूनले यस शब्दलाई अग्राह्य बनाउनेछ र जसले गर्दा तपाईहरुको साहित्य रद्धीको टोकरीका पुग्नेछ भनेर दावी समेत गरेर ।


खोई त भकुण्डो फर्काएको ?


अब अर्को पुरानो बुँदा: वञ्चनाको तथ्यांक । जुन मैले 90% आर्थिक (वर्गीय) स्वरुपको छ, 10% जातीय स्वरुपको छ भनेर दावी गरेको । र खरीबोटले 10% भन्दा पनि कम छ भनेर टिप्पणी गरेको ।


पहिले तपाईले यस तथ्यांकको श्रोत सोध्नुभयो । अहिले यसलाई phantom statistic भन्नुभयो ।


>tyo tapai ko phantom statistic jastai hoki – kuni?


श्रोतको कुरा भन्दा पहिले तपाईको मतको बारेमा कुरा गरौं है ? विश्वास गर्नुस्, यो सबैको लागि चाखलाग्दो छलफल हुनेछ ।


खास तपाईको मत/अनुमान के हो ?


नेपाली समाजमा विद्यमान अवसरको असमानताको कति प्रतिशत जातीय स्वरुपको होला त ?


10% भन्दा बढी हो ?


तपाई तपाईको अनुमान (र छ भने तथ्यांक नै) बताउनुहोस्, म तपाईलाई मेरो दावीको आधार र तथ्यांकको श्रोत बताउनेछु ।


यो सानो नाटकबाजी गर्नुको कारण छ । त्यो र बाँकी जवाफ अर्को खेपमा ।


यति चाही भनिहालुँ, यदि तपाई 10%  भन्दा बढी जातीय स्वरुपको छ भनेर सोच्नुहुन्छ भने तपाई भन्दा बढी सही त खरीबोटजी नै हुनुहुन्छ ।


 


Nepe

Read Full Discussion Thread for this article