Posted by: Nepe August 13, 2009
यो आँधिलाइ कस्ले रोक्ने ?
Login in to Rate this Post:     0       ?        

स्याङ्जाली,


यो बाहुनवाद भन्ने गाली मगरवाद, नेवारवाद, लिम्बुवाद, थारुवाद, पोडेवाद जस्तै derogatory शब्दावली हो ।


डोरबहादुर बिष्टजीले बाबुसाहेबी सनकमा समस्त नेपाली समाजमा रहेको भाग्यवाद र असान्दर्भिक र मृत भईसकेको मनुकालिन ब्राह्मण सर्वोच्चवाद लाई बाहुनवाद नाम दिएपछि accidentally आविस्कार भएको यो racist औजार विभिन्न नक्कली प्रगतिवादीले तर्कशुन्यताको अवस्थामा पनि हावामा तरबार चलाई आफु क्रान्तिकारी बन्न प्रयोग गरे भने अहिलेका जातीय संघीयतावादीहरुले त जेमा झोक चल्छ त्यसैलाई बाहुनवाद भन्ने गरेका छन् ।


अवस्था कतिसम्म हास्यास्पद भईसकेको छ भने जातीय संघीयतावाद खेमाकै एक जना प्राध्यापक र अर्को प्राध्यापकले दिएको बाहुनवाद को परिभाषा आपसमा मेल खाँदैन ।


तर त्यो भन्दा पनि comical अवस्था म के देख्छु भने, चाडै नै यो बाहुनवाद भन्ने शब्द derogatory शब्दको रुपमा व्याख्या हुने गरेर नयाँ सम्बिधान र कानुनहरु बन्दैछन् नेपालमा ।


त्यो कानून बनिसकेपछि जातीयतावादी प्राध्यापकहरुले बाहुनवाद शब्दावली प्रयोग गरेर लेखेका साहित्यहरु सार्वजनिक रद्धिको टोकरीमा पुग्नेछन् ।


ती रद्धि साहित्यहरुलाई बाहुनवाद शब्द कालो मसीले छोपेर नयाँ प्रतिलिपी निकाल्नेछन् कि नयाँ संसोधित संस्करणहरु निकाल्नेछन् भन्ने कुरा चाही हेर्न बाँकी कुरा हो । हेरम्, के गर्दा रहेछन् ?


 


Nepe


P.S. तथ्यांकको बारेमा पछि ल ।  

Read Full Discussion Thread for this article