Posted by: BKMailo August 13, 2009
BHOJPUR
Login in to Rate this Post:     0       ?        

भोजपुरमा उस्तै





 जिल्लाका अधिकांश सरकारी कार्यालयहरू प्रमुखविहीन भएका छन् । असार मसान्तपछि कार्यालयहरू नेतृत्वविहीन भएका हुन् ।

सर्वसाधारणसित
प्रत्यक्ष सरोकार राख्ने जिविसमा स्थानीय विकास अधिकारी, योजना अधिकृत र
लेखापाल छैनन् । सिँचाइ, खानेपानी तथा सरसफाइ सवडिभिजन, कृषि विकास, हुलाक
र मालपोत कार्यालय प्रमुखविहीन छन् ।

सहायक
प्रमुख जिल्ला अधिकारी भीमप्रसाद पोखरेलका अनुसार मालपोत र हुलाक कार्यालय
एक वर्षदेखि सुब्बा स्तरका कर्मचारीले धानिरहेका छन् । प्रमुखबाहेक यी
कार्यालयहरूमा अन्य कर्मचारीसमेत छैनन् । 

कार्यालय
प्रमुखलगायत कर्मचारी नहुँदा दैनिक प्रशासनिक कामकाजमा बाधा हुने गरेको छ
। टाढाटाढाबाट आउने सर्वसाधारण कार्यालयमा गएर प्रमुख तथा कर्मचारी खोज्दै
हैरान बनिरहेका छन् । कार्यालयमा आएर कर्मचारी नपाएर काम नबनेपछि
सर्वसाधारण आक्रोशित हुने गरेका छन् ।      

हरेक वर्ष असार मसान्त लागेपछि कार्यालय प्रमुख र कर्मचारीहरू कार्यालय खाली पारेर घर बिदामा बस्ने परम्पराजस्तै बनिसकेको छ ।

Source: http://kantipuronline.com/kolnepalinews.php?&nid=209346

Read Full Discussion Thread for this article