Posted by: perfectionist August 12, 2009
~ * चौतारी १५५ *~
Login in to Rate this Post:     0       ?        
हैन यो मान्छेको मुखबाट राम्रो कुरै निस्किन्न कि क्या हो? ठुल्दाइ, तपाईंले त बच्चै देखिन् चिन्नु भा हो केरे, पैले देखिन् यस्तै हो? हो भने त सार्है उपद्रो हिसिमरुम मचा: रइछ यो लहरे। यसो राम्रो बोल्नु, राम्रो गर्नु भन्ने त पटक्कै छैन बा। नाख्को टुप्पोमा रिस छ, जल्लाई नि तेइ देखाउँछ बाSSSS । ल लहरे बिहान उठेर दही राखेर मुख धोउ त यार। तिम्रै भलाईको लागि भनिराछु। कार्तिकमा बिहे भै सक्यो, ऐले सम्म यस्तो छ, नयाँ आउनी दुलहिले के भन्ला, गाल त हाम्लाई पर्छ नि, कस्तो साथीहरु रइछ, आफु मात्र ज्ञानी, भलादमी, यो लहरेलाई त केइ नि सिकाएनछ भनेर हाम्लाई भन्ला। है त बौचा, खौ र दही मिलाएर मुख धोउ है, बिहान उठ्ने बितिक्कै नि! अनी हेर्दै जाउ, १ हप्तामा बौचा ठीक! कि कस्सो ठुल्दाइ?
Read Full Discussion Thread for this article