Posted by: serial August 11, 2009
~ * चौतारी १५५ *~
Login in to Rate this Post:     0       ?        

मैले पुण्य मनपराएँ
या पाप मनपराएँ
जे होस् मैले तिमीलाई
चुपचाप मनपराएँ


जब फुल र काँडा दुइटा
सँगै रमाउन सक्छ
जब दागको रंगमा पनि
टिका समाउन सक्छ
नसोध मैले गर्दा या
पाप मनपराएँ
जे होस् मैले तिमीलाई
चुपचाप मनपराएँ


तिमीसँग लिनुपनि छ
तिमीलाई दिनुपनि छ
हाम्रो हिसाब किताबमा
सजाउनु पनि छ
यो हिसाब लिएर तिमीलाई
बेहिसाब मनपराएँ
जे होस् मैले तिमीलाई
चुपचाप मनपराएँ
जे होस् मैले तिमीलाई
चुपचाप मनपराएँ

Read Full Discussion Thread for this article