Posted by: serial August 11, 2009
~ * चौतारी १५५ *~
Login in to Rate this Post:     0       ?        

हजार आँखा हेर्ने मेरी मायालु लाई
हजार हात छेक्ने मेरी प्रियाशी लाई
कशोरी म भेटुँ म देखु उनी लाई
यी बाधा छिचोली अंगालु उनी लाई


उनी बोल्दछिन गीत को भाका लीइ
उनी हाँस्दछिन फुल को बास्ना लीइ
नबोल्ने को होला देखेर उनी लाई
म बोलु कशोरी भनु के उनी लाई


बिहानी को शित मा उनी झल्मलाउछिन
जसै साँझ पर्छ प्रतिक्षा मा हुन्छिन
उनी ओँठ आँखाले छुन्छिन मलाई
उपहार के दिउँ भनु के उनिलाई 

Read Full Discussion Thread for this article