(१) झण्डै १२५ वटा भाषा-भाषिका र त्यस्तै संख्यामा जातजाती र हजारौं उपजातजातीको विषम वितरण भएको देशमा जात र भाषा पिच्छे प्रादेशिक राज्य खडा गर्न न त सम्भव छ, न त जातिय/भाषिक/सांस्कृतिक पहिचानको संरक्षण गर्न अलग्गै राज्य खडा गर्न आवश्यक हुन्छ ।
(२) एउटै बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक मुलुक/राज्य भित्र सबै जाती, भाषा र संस्कृतिको पहिचान/सम्मान/संरक्षण गर्न सकिन्छ । आजको प्राविधिक युगमा जातीय पहिचान, भाषा र संस्कृतिको संरक्षण भनेको जमिनले होईन टिभी, सिनेमा, रंगमंच, एफ.एम. रेडियो, फेशन र सौन्दर्य प्रतियोगिता, प्रज्ञाप्रतिष्ठान र स्वतन्त्र बजारले गर्ने हो ।
(३) माओवादी र केही ७-८ समुहका जातीय संभ्रान्त (खासमा भन्ने हो भने भ्रान्त) हरुले ७-८ वटा जति जातीय राज्य खडा गरेर जति दिन चल्छ त्यति दिन त्यसैलाई नयाँ नेपाली स्वर्ग भन्दिने खेलाँची बाहेक अन्य राज्यविहीन जातीहरुको मनस्थिति लगायतका साम्प्रदायिक, सामाजिक र मुख्यत: अर्थतान्त्रिक पक्षबारे भुतोभाङ सोचेका, सोच्न सकेका छैनन् । त्यसैले यो टिक्ने कुरो होईन ।
समग्रमा मलाई के लाग्छ भन्ने अहिलेको माओवादी राजनैतिक कुईरोमा यी जातीवादी भ्रान्त र सम्भ्रान्त भ्राताहरु मच्चिन चाही मज्जाले मच्चिन्छन्, तर कुहिरो हट्दै गएपछि नथच्चिकन सुखै छैन ।
Nepe