Posted by: BudoBaaje August 6, 2009
नाइ नाइ एउटो कुरो नि सिकाइ को !
Login in to Rate this Post:     0       ?        

अम्रिका हाम्फाल्नू अघी मेरी प्रथम महिला ले साह्रै चिन्ता गरिथी !


"जान जान्छौ बुढु ! तर के गर्छौ गै खाने भाषा बोल्नु पर्छ रे ! तिमी लाई एक सुक्को आउने हैन क्यारे ! बरु किन जाने बित्तिकै त्यो गाई खाने भाषा सिक्दैनौ? " फ्याउरी को सल्लाह राम्रैथ्यो नाइ नास्ती गर्ने कुरै भएन केरे उसैले मिलाईं मेरो अङ्रेजी पढ्ने ब्यवस्था त्यो पनि बाराक ओबामा सँग आइयो गाठ्ठे ! पढ्न सुरु पनि गरियो पढाउन खोज्थ्यो मोरो ले सकी नसकी मेरी प्रथम महिला ले बेला बेला मा फुन पनि गर्थी " बुढु के " भनेर सके सम्म कनी कुथी पनि अङ्रेजी मै उत्तर दिन्थे हो एस प्लीज् वेल्ल थान्कु बाइ बाइ लाई अगाडि पछाडि मिलाएर मख्ख पर्थी मोरी !


मेरो टिउसन् चल्दै गयो गाठ्ठे ! गर्दा गर्दै महिना बित्यो एकदिन , नेपाल बाट धेरै पछी मेरी प्रथम मनिला को फुन आयो !


" हेल्लो के ? "


"ठिकै "


" के खबर ? भाषा सिक्यौ ? "


" सिके हो सिके ! चैने जो भाषा मज्जा ले सिके नि गाठ्ठे ! "


" राम्रो अनी बुढु अरु सुनाउ ! भन अब कहिले सकिन्छ किलास ? "


" ! ?????? "


" भन भन बुढु कहिले फर्कने हो अब ? "


" बुढु ? ? ? "


" हैन बुढु हैन भनेको ? को बोलेको ? "


" नाइ नाइ ! बजै चैने जो केरे बुढु हैन !"


" ?????????"


" हजुर को ? खोइ मेरो बुढु "


" ? ... .... ओबु बोलेको .....हजुर को बुढु बाहिर तास खेल्दै हुनु हुन्छ "


बाहिर मैले फ्यालेको को माल माइकल ओबामा ले ट्याप्पै टिपी

Read Full Discussion Thread for this article