Posted by: Sufal August 5, 2009
"मेरो दोश्रो विवाह"
Login in to Rate this Post:     0       ?        

हिस्सा मेरो हुनुपर्छ भनेर कबुल गरएकी थिईन पहिला नै। नत्र भन्ने त्यो लठौरोलाई मेरी बुहारी दिन्न भन्दै थिईन। के पैसा नै हो त सब थोक? खै यहाँ मनबता?


 


            के यही हो एउटा मान्छेको सभ्यता अनी सस्कार? किन हाम्रो समाजमा नारिले नै नारिलाई दबाउँछन। ५० हजारको लोभमा आएर मसँग एक बचन पनि नसोधी मेरो जीवन को निर्णय गर्ने त्यो को ? जब कि यस घरमा आउँदा पनि मैले मेरो आमाबुवालाई एक बचन पनि सोधेको थिईन। म पनि त सक्थिए होला यिनिहरुलाई तड्पाउन, भुसको आगो झैन भित्र भित्रै सल्काउन। तर मेरा बुवा आमा दिएको सस्कार त्यो होइन मेरो। कसैको प्रेममा अन्धो भएर, आफ्नै जन्मदिने बुवा आमाले पछउन लगाएको सस्करलाई लत्ता हानी, गरेको पापको फल हो यो सब। विश्वाशको पर्खाललाई त्यतिबेला नागेको थिए मैले,अहिले पस्चातापको आगोमा दन्दनी जलिरहेको छु।


 


            अब मैले एउटा द्रिड संकल्प लिनुपर्छ। मेरो छोराको भबिश्य माथि यो परिवारको छाँया सम्म पर्न दिन्नु हुन्न मैले। मैले नै मेरो श्रीमानको सपना पुर गर्नुपर्छ। क्षितिज पारी रहेको सप्तरङी इन्द्रेणी रुपी उस्को भबिश्य सम्म पुग्ने बाटो मैले नै पहिलैदिनु पर्छ। सुर्ये जतीसुकै उदार भएर संसार भरी उज्यालो प्रकाश छरे पनी त्यती राम्री चन्द्रमा लाई कहिलै पनि भेट्न पाउदैन्न। जतिसुकै उदार भएर यो घर बसे पनि मेरो लागि केही हुने वाला छैन। मेरो परिवार भनेर अहिले सम्मा बसेको थिए, जीवन जिउने एउटा साथीत्वको आभास गरी तर अब यो बिच बाटो मलाई आफ्नो भन्नेले त छोडेर गयो भने अरु साथी किन खोज्नु मैले। मेरो छोरा नै हो अब मेरो साथी, नै हो मेरो जीवन जिउने आधार।   


 


                        "ए दुलहिलाई जग्गेमा लेराउ!” -म झस्सँग झस्किन्छु।


 


            म एकदम हतारेको महसुस गर्छु आफुलाई। मैले मेरो आफ्नो लागि अनी मेरो प्यारो छोराको लागि पनि यहाँबाट भाग्नुपर्छ। नत्र मेरो छोराको भबिश्य आन्धकार हुन्छ। हत्तपत्त ढोका को चुक्कुल लगाउछु। के गँरु कसो गँरु भई रहेको थियो। छोरालाई टपक्क टिपें अनी पछाडिको ढोकाकाबाट यो घरमा कहिलै नफर्किने गरी आफ्नो बाटो लगें।


 


~समाप्त

Read Full Discussion Thread for this article