"अब सुरेश अंकलहरुलाई घरमा खान बोलाउने बन्दोबस्त मिलाउँछु म -- सपरीवार। तँ पनि आईज। कति हामीहरु मात्रै ससुराली गैरहने, उनीहरु पनि घर आउन न"। बाङ्गेले उस्को घर अगाडी टक्क रोकीएर भन्यो। ...
बाङ्गे मान्छे त बोलीको दरो हो कैले काईँ भए पनि। बिहान बोलाउँछु भन्थ्यो बेलुका भेटदा अर्को शनिबार सुरेश अंकलहरु आउने भए भनेर सुनायो।
बिहान हामी तरुनीहरुकहाँ पढन जाने बेलुका उनीहरु बाङ्गेकहाँ आउँदा एउटीलाई मैले अर्कीलाई बाङेले पढाउनु पर्ने निधो गर्यो बाङ्गेले अनि थप्यो "अब पाठ चैं के पढाउने हो सोचेर तेरो तँ तय गर्नु मेरो मै गर्छु।" किस्न मन्दिरको सिंढीमा बसेर बाङ्गेले प्रेमशास्त्रमा एक पछी अर्को महानबाणी पोख्दै गयो। महानबाणीको बिच-बिचमा उपदेश पनि उत्तिकै दिदै थ्यो। निकै बेर मैले सुनीरहें केही नभनी।
उ थामीएला की भन्या मैले चुपचाप सुनेको भएर होला उस्को हौसला झन बढेको, झन झन चम्किन थाल्यो अनि मैले भनें "बाँकी चैं तेरो पनि लभ परे पछी भन्न, भट्टाउन त के गार्हो छ र?"
बाङ्गे झ्याप्पै रोकियो। चुरोटको ठुटो चप्पलले किच्दाको जस्तो हेराई म तिर फ्याँकेर मलाई श्राप होला दीन ठिक्क पर्या थ्यो ट्वाक र सुपारी आईपुगे उता ओरालो तिर बाट। सन्दर्भ फेरीयो।
"भगवतीबहालको पुराण कुन अध्यायमा पुर्याईस?" मैले ट्वाकलाई हेर्दै सोधें।
ट्वाकले मुस्कुराएर भन्यो "एकान्त अध्यायमा पुर्याएँ"।
म र बाङ्गे झस्किएम। सुपारीले टाउको हल्लाउँदै पिच्च थुक्यो।
बाङ्गे सिंढीबाट उठ्यो, म पनि उठें। उ मन्दिरको पछिल्तिर लाग्यो, हामी सबैले पछ्याएम। मन्दिर पछाडी प्रायश: दुईटा काम हुन्थ्यो, एउटा चुरोट सल्काउने, अर्को -- भैगो नभनम पाप लाग्ला फेरी।
बाङ्गेले खल्तीबाट चुरोट झिक्यो, चुरोट झिक्दा दश रुप्याको नोट पनि खस्यो खल्तीबाट। खसेको त्यो नोट टिपेर दीन सुपारी बाङ्गेको खुट्टा तिर निहुरीएको मात्रै के थियो बाङ्गेले आफ्ना हात आशिर्बाद मुद्रामा उठाएर भन्यो "चिरन्जीवी भएस"।
ट्वाकले भगवतीबहालको पुराण बाचन गर्यो निक्कै बेर। सुपारीले ट्वाकको चाल चलन ठिक छैन भनेर आफ्नो मनसाय दियो।
"अनि तिमेरु बादल बनेर ज्ञानेश्वराँ मडारीन गा पनि निक्कै भैसक्यो, तितर बितर भैसक्या हो कि बिजुली चम्काउँदै छौ?" ट्वाकले चुरोटलाई दाहीने हातको बुढी र माझी औलाले च्यापेर चोर औंलाले चुरोट ट्याप ट्याप पार्दै सिट्ठी झार्दै सोध्यो।
"अब अर्को हप्ता तरुनीहरुलाई लिएर उनीहरुका बाउ आमा हाम्रा घराँ आउँदैछ्न कुरा कानी गर्न -- दीपलाई पनि बोलाको छ" बाङ्गेले म तिर पुलुक्क हेर्दै चुरोटको अन्तिम सर्को तान्यो।
"सत्ते?" सुपारीले सोध्यो।
"मरीजाम, यै किस्न मन्दिरले भस्म" बाङ्गेले थप्यो।
"एस एल् सी त देको छैन, आउँछन अब तरुनीका बाउ-आमाहरु छोरी जिम्मा लाउन तँ काँ --" सुपारीले नपत्याएर भन्यो।
"छोरीनै जिम्मा लाउन आउने त कस्ले भन्या छ र?" बाङ्गेले भन्यो।
"त्यै त --यी दुईटाको नियत ठिक छैन, पढाउन सक्दिन अब म ---- किताब भनेर बल्छी बोकेर आउँदा रे छन--- छोरीहरुलाई दिक्क पारी सके ल भन त छोरी हो यिनीहरुको चर्तिकला --" भन्न आउन ला होलान। ट्वाकले हाँस्दै थप्यो। चुरोट तानेर सकिए पछी मन्दिर पछाडी बसीरहने काम भएन। अगाडी सडकमा आईयो। अनि किस्न मन्दिरबाट डबली, डबलीबाट बाट फेरी किस्न मन्दिर एक दुई चोटी दुई पैसामा काम नलाग्ने कुरा गर्दै ओहोर दोहोर गरीयो अनि घर घर तिर लागियो।
बाङ्गे र मेरो निकै चोटी बैठक भयो तरुनीहरु आउँदा के गर्ने के भन्ने जस्ता बिषयमा। कैले म किताब बोकेर उस्काँ पुग्थें, कैले उ म कहाँ आउँथ्यो। पढाई भने पनि छलफल भने पनि उही एउटै बिषयमा हुन्थ्यो।
आखिर त्यो दिन आयो। बिहान हामी उनीहरु कहाँ जाने, बेलुका उनीहरु हामी कहाँ आउने।
बिहानको चिसोमा बाङ्गे र म तरुनी-चिन्तनको धुनी मन भित्र दन्काएर हिनीम ज्ञानेश्वर तिर।
सुरेश अंकल कहाँ पुग्दा उनी तयार भएर बसी सक्या हुन्थे प्राय:जसो त्यो बिहान उनी तयार रहेनछन।
"बुबा हुनुहुन्न" एउटी चै तरुनीले भनी। उ सँग आँगन मै भेट भा थ्यो। बाङ्गे र म टक्क उभीएम। अब के गर्ने के -- बाउ छैन भन्दा भन्दै सुन्या नसुनेई गरेर घर भित्र छिर्ने कुरा नी भएन --अरु भए पनि नभए पनि हामीलाई मतलव नभाको कुरा -- बाउ सँग पढ्न आएका हामी --
बाङ्गेले सोध्यो "कहाँ जानु भा? एक छिनमा आउनुहुन्छ होला नी--हामी पर्खिन्छम" यसै त के छोड्थ्यो बाङ्गेले पनि।
बाउ भएर बरु तरुनीहरु छैनन भन्या भए हामी पनि एउटा निउँ बनाएर फर्किन्थिम होला तर तरुनीहरु भएर बाउ नभाको त राम्रो। यत्तिकै फर्किने त कुरै भएन।
आँगनकी तरुनीले केही भन्नु अघि नै अर्की तरुनी आई भित्र बाट। हामी सबै तिर हेरी कुरा नबुझ्या जस्तो गरेर। अघि बाउ छैनन भन्ने तरुनीले भनी "बुबा हुनुहुन्न बाहीर जानु भा छ भन्या-- पर्खिन्छु रे"
पछी आउने तरुनीले मुस्कुराएर भनी "त्रिशुली जानुभा बुबा त -- "
अब त्रिशुली गा मान्छेलाई के भनेर पर्खिने? "फर्किम त उसो भए" मैले बाङ्गे तिर हेर्दै भनें।
"हामी दुई जनालाई एक एक जनाले छानेर पढाईदिन मिल्दैन? जाडोमा ह्याँ सम्म आईयो" बाङ्गेले भन्यो।
तरुनीहरुले एक अर्कालाई हेरा हेर गरे। मुस्कुराए। अनि एउटीले हामीले बोकेका किताब तिर ईशारा गर्दै भनी "हामीलाई त्यस्तो किताब पढाउन आउँदैन"।
मलाई पनि के सुर चल्यो जाडोमा त्यो बिहान, ह्वात्तै भन्दीएँ "मन पढाई दिए ठुलो गुन लाग्थ्यो ---किताब त कस्लाई पढ्न मन छ र? "
"त्यै त किताब त नपढ्ने म पनि" बाङ्गेले थप्यो।
"हैन भित्र आउने साईत कुन बेलाको छ?" सुरेश अंकलले माथि झ्यालबाट मुन्टो निकाल्दै सोधे।
हामी अलमलिएर सम्हालिईसकेकै थिएनम, एउटी तरुनीले बाउले सुन्ने गरी भनी "खै नपढने रे, बुबा"
"किन?" बाउले छक्क परेर सोधे झ्यालबाट। उता बाउ छक्क परे यता हामी।
फेरी अर्की तरुनीले थपी "खै के जान्नु --मन छैन रे---भन्या त्यही हो"
अलपत्र परेका हामीहरुलाई चोकाँ छोडेर हुरुक्कै हुने गरी नजरबाण बर्षाएर तरुनीहरु बगैंचा तिर लस्किए। ----