Posted by: बिस्टे July 29, 2009
~ * चौतारी १५३ *~
Login in to Rate this Post:     0       ?        

कस्तो हिक्क हिक्क लायो कस्ले सम्झेछ भन्या त एता गाम्ले ले सम्ज्या रछन र पो। ल ल म पनि इन खिर खानलाई,चेली मेरो नाम नि लेख है
अनी ठुल्दाइ,धुर्ब्या पसलाट एक्पाथी दुध ल्याउने जिम्मा मेरो,बजिया ब्यान भैंसीदुन लाग्या आँफै हेर्न जान्छु नत्र कुन सट्को पानी मिसाइ
सक्छ।
अनी रिट्ठे मार्साब कस्तो मनको कुर भन्या नि,म नि आज राती फुन गरुला भन्ने सुरमा थिए,लु लु अरु कुर तेस्तई हो
हामी चै आएम ठुल्दाइ एक हुल बाधेर पर्सी संचरबार। पर्बते मार्साब नि हाजिर हुने होला नि हैन।


अनी ए सानी नि आकी रईछे,हाम्ले नि खेल्या थिम केरे त्यो उड्कुसी मुड्कुसी, अनी चि मुसी चि पनि खेल्या हो
चि मुसी चि
घर घर मुसा
तामा को टुसा
लहरे बजिया को कान समात
तेस्ताइ के थियो।
पुरे पुरे भन्दा भन्दा आज बल्ल पुरी खान पाइयो एक जुगमा,मज्जा ले पुरी तरकारी बजाइयो,गाइयो आफुले त।
बैरे ब्रो के हुँदै छ टेउसास तिर ?
क्रेजी  के छ खबर पख पख ध्यानमा जानु अघी एउटा कुरो सोध्नु थियो।
सबै लाई ओगटे क्यार कोही छुटेमा सम्झाउ है ,तेइ एउटा एक्स्ट्रा जदौ चै दि राक्छु।

Read Full Discussion Thread for this article