Posted by: crazy_love July 28, 2009
सम्झौता
Login in to Rate this Post:     0       ?        

भाग-९


"त्रिस्ना ???" श्रेयाले गालामा बग्दै गरेको आँसु पुच्छ्दै सार्थकलाइ यसरी हेरी, मानौं सार्थकलाइ उ चिन्दिन। श्रेयाको आँखामा बिस्वाश-अबिस्वाश, शंका- उपशंका, प्रश्नै प्रश्न सबै एकै ठाँउमा जेलिएको थियो। उसको निधारमा गाँठो परिरहेकोथ्यो। उसले आँखा झिमिक्कै नगरी एकनासले सार्थकलाइ हेरे पछि सार्थक तन्द्राबाट झस्के झैं भयो। कुरा बिग्रिनै लागिसकेकोथ्यो, तर उसले आफुलाइ सम्हाल्यो।


"मेरो नयाँ अलबमको नाम "त्रिस्ना" राखे कसो होला, श्रेया?" आफुलाइ सामान्य तवरमा प्रस्तुत गर्यो सधैं झैं सार्थकले।


"अचानक किन परिबर्तन?" श्रेयालाइ सार्थकले दिएको स्पष्टिकरण चित्त बुझेन । "अस्ति त "प्रतिक्षा" भन्नु भएको होइन?"


"प्रतिक्षा धेरै प्रयोग भइसकेको शब्द हो, "त्रिस्ना" नौलो जस्तो देखिन्छ। श्रोताहरुको रुचि परिबर्तन भइरहन्छ। त्यसैले मैले "त्रिस्ना" रोजें।" सार्थकलाइ उत्तर दिन गार्है पर्‍यो।


"त्रिस्ना यानि तिर्खा। यसको तपाइको गीतहरुसङ के सम्बन्ध छ र? तपाइको गीतहरु प्रेमसम्बन्धि छन्।" श्रेयालाइ चित्त बुझेन।


"प्रेममा पनि त्रिस्ना हुन्छ, आफ्नै मान्छेबाट पाउन नसकिने मायाको तिर्सना।" सार्थकलाइ त्यतिखेर त्रिस्नालाइ उसले दिन नसकेको मायाले भत्भति पोल्यो।


"बाबा! अलबमको नाम जे राखे पनि हजुरलाइ मेरो शुभकामना। तपाइको सबै गीतहरु हिट होस्।" श्रेया बिस्तारी हाँसी।


"तेसो भए अब खाना खान जाउ न त। मलाइ भोक लाग्यो।" सार्थकले श्रेयालाइ भन्यो।


बाबु छोरीको सम्झौता भयो। खाइसकेपछि सार्थकले उसको गीतहरुको बारेमा श्रेयालाइ बतायो। उसले २-३ वटा गीतको केहि टुक्राहरु श्रेयालाइ सुनायो। आभा शायद आफ्नै काममा ब्यस्त थिइ। समिर सुतिसकेको थियो। निद्राले लट्ठ बनाए पछि श्रेया पनि आफ्नो कोठामा जान लागी। जानु अघि उसले सार्थकलाइ गहिरो कुरा भनी।


"बाबा!  म आफुलाइ भन्दा बढी तपाइंलाइ बिस्वाश गर्छु। तपाइं मेरो लागि संसारको सबै भन्दा बढी माया गर्ने बाबा हुनुहुन्छ।" सार्थकको आँखामा तरल पदार्थ सल्बलाए। उ बोल्नै सकेन।


"गुड्नाइट बाबा!" श्रेया हाँस्दै गइ आफ्नो कोठातिर। सार्थक एक्लो भयो, श्रेयाको बिस्वाशसङै। के त्रिस्ना पनि उसलाइ यसरी बिस्वास गर्न सक्छे? के गर्थी? घ्रिना गर्दी हो। मनमनै कति गाली गर्दि हो। तर उसले श्रेयाले जस्तै कसलाइ पोख्दि हो आफ्नो दुखहरु? उ सङ कति प्रश्न होलान्? कति गुनासोहरु? जिन्दगीले उसलाइ के दियो? हेला, अपमान, दुख सिबाय।


अर्को दिन उ लिजालाइ बानेश्वरको कुनै फास्टफुड रेस्टुरेन्टमा कुर्दै थियो। १२ बजे आइपुग्छु भनेकी थिइ त्यो बिहान फोनबाट। ५ मिनेट भइसकेको थियो, लिजा आइपुगेकी थिइन। कतै ट्राफिक जाममा परी होली, यस्तै सोच्यो सार्थकले। उ हत्पति मान्छेहरुले नदेखिने खालको कुनातिरको ठाँउमा बसेको थियो। सबैले चिन्ने भएकोले पनि उसलाइ बाहिर खान जान मन लाग्दैनथ्यो। नभन्दै एउटा पत्रकारले देखि हाल्यो उसलाइ।


"ओहो, सार्थक जि! सन्चै हुनुहुन्छ?"


"म ठिकै छु, तपाइ नि?" नचिने पनि सार्थकले औपचारिकता निभायो।


"म "संगीत श्री" भन्ने साप्ताहिकबाट!अब यत्रो प्रख्यात गायक भेटिएको छ, अलिकति भलाकुसारी गर्नु पर्‍यो।" भन्दै पत्रकारले कलम र कापी झिक्यो।


"त्यसो नगरौं होला अहिले। म एउटा कामको सिल्सिलामा कसैलाइ भेट्दैछु। कुरा पछि गरौंला, मेरो नयाँ अलबम निस्केपछि।" सार्थकलाइ पत्रकारले लिजालाइ नदेखे हुन्थ्यो भन्ने लागेकोथ्यो। तर लिजा ठिक्क त्यहिबेला रेस्टुरेन्टभित्र छिरी र उ भएतिर आइ। पत्रकारले पुलुक्क लिजालाइ हेर्‍यो अनि नमस्कार गर्‍यो। लिजाले पनि नमस्कार फर्काइ।


"तपाइको नयाँ अलबमको नाम चाहि के नि?" पत्रकारले फेरि प्रश्न गर्‍यो।


"त्रिस्ना।" सार्थकले छोटो उत्तर दियो।


"अनि तपाइको गीतमा आजकाल लिजा खुब मोडेलिङ गर्नु हुन्छ नि। किन?" पत्रकारले अलि कति ब्यंग गर्दै सोध्यो।


"लिजा मेरो गीतमा मात्रै होइन, आजकालको सबै गीतमा मोडेलिङ गर्नु हुन्छ। उहाँ धेरै प्रोफेसनल मोडेल हुनु हुन्छ। त्यसैले सबैले उहाँलाइ काम दिन्छन। मैले पनि त्यसै गरें।" सार्थकलाइ लिजाको नाम उसङ जोडेर पत्रिका बिकाउने लेख छाप्ला भन्ने डर थियो।


"के तपाइको नयाँ अलबम "त्रिस्ना" मा पनि उहाँ नै मोडेल् हुनु हुन्छ?" पत्रकारले लिजाको बक्षतिर अश्लिल तरीकाले हेर्दै भन्यो। लिजाले अप्ठ्यारो मानी। सार्थकलाइ रिस उठ्यो।


"तपाइको नम्बर दिनुस्। म तपाइलाइ अन्तर्बार्ताको लागि उपयुक्त समय दिन्छु।" आफुलाइ सम्हाल्दै भन्यो सार्थकले।


त्यसपछि पत्रकारले सार्थक र लिजा दुबैलाइ आफ्नो विजिटिङ कार्ड छोडेर गयो।


"लिजा, सरी है। त्यो मान्छेले तिमीलाइ हेरेको तरिका अलि नराम्रो थियो? के गर्ने मान्छेहरु कहिले कहि त्यस्तै हुन्छन्।" सार्थकले माफि माग्यो।


"धेरै ब्यक्तिहरुको बुझाइमा मोडेलहरु शरीर मात्र हुन्, बिचार होइनन्। त्यसमा के अप्ठ्यारो मान्नु? ब्यक्ति मात्र होइन, हाम्रो समाज नैं त्यस्तो छ।" लिजा दिक्क हुँदै भनी।


"यस्तो सानोतिनो कुरालाइ वास्ता गर्न थाल्यौ भने जिबनमा कहिले अगाडी बढ्न सक्दैनौ।" सार्थकले सम्झायो, लिजा एकछिन टोलाइ अनि फेरि मुस्काइ।


"छोड, यी कुरा!" मुस्काँउदा उसको अनुहार कुनै सुन्दर फुल अकस्मात फुले जस्तै देखिन्थ्यो।


"तिम्रो अर्को हप्ता फुर्सद छ?" सार्थकले सोध्यो।


"त्रिस्ना" कसको नाम हो?" लिजाले बिचैमा सोधी।


"किन?" सार्थकले सोध्यो।


"तिमीले नयाँ अलबमको नाम "त्रिस्ना" राख्ने रे। अघि त्यहि भन्दै थियौ होइन?" लिजाको आँखा कौतुहुल देखिन्थे।


"हो। त्रिस्ना कसको नाम होला? तिमी आफै अन्दाज गर।" सार्थक हाँस्यो।


"तिमीले अस्ति भनेको कुरा हो? त्यो नागरिकता वाला?" लिजाले अडकल काटी।


"तिमीले ठिक भन्यौ। यो अलबम उसको नाममा ल्याउने भएँ मैले।" सार्थक खुशी देखिन्थ्यो।


"के तिमीलाइ उसको माया लाग्छ?" लिजाको प्रश्नले सार्थक झस्क्यो।


"मलाइ थाहा छैन।" एक्छिन चुप लाग्यो र भन्यो। "म आजकाल त्रिस्नाको बारेमा धेरै सोच्छु। तर म के गर्न सक्छु र उसको लागि?" सार्थक बिबश थियो।


"अब के गर्छौ त?" लिजाले पानी पिउँदै सोधी।


"नागरिकता बनाइदिन्छु। त्यसपछि उ गाँउ जान्छे। चाहेर पनि म केहि गर्न सक्दिन उसको लागि। श्रेया मलाइ अनेक प्रश्न गर्छे आजकाल। उ भन्छे उ आफुलाइ भन्दा बढी मलाइ बिस्वाश गर्छे। म के गरु?" सार्थक भाबुक भयो।


"बिचरी!" लिजाले लामो स्वाश फेरि, अनि हेरि सार्थकलाइ। "केहि त गर्नै पर्छ तिमीले।"


"म सङ केहि उपाय छैन लिजा। मैले धेरै सोचि सकेँ। म श्रेयाको भावनामा चोट पुर्‍याउन सक्दिन। उसले भर्खरै जिबन बुझ्न शुरु गरेकी छे।" सार्थक असहाय जस्तो देखियो।


"अनि त्रिस्ना नि। उसको जिबन छैन?" लिजाको स्वर अलि ठुलो भयो।


"उसले जिन्दगीसङ सम्झौता गरिसकेकी छे। उसको लागि जिन्दगी श्रेयाको जस्तो कठिन हुने छैन। किनभने उसले जन्मेदेखि नैं जिबनको हरेक चुनौतीसङ सामना गर्दै बाँचेकी छे। उसलाइ त्यति गार्हो हुँदैन यो एउटा जिन्दगीको सत्य। उसको बाबु छ, तर उसको लागि छैन। उ फेरि सम्झौता गर्छे।" सार्थक कमजोर भयो आफैसङ।


"अरु त त्यस्तै हो। केहि आर्थिक सहयोग भएपनि त पक्कै गर्न सक्छौ।  भोलि उसलाइ पैसाको आबश्यकता परेमा कसले दिन्छ? धेरै थोरै पैसा जति भए पनि उसको नाममा ब्यांकमा खाता खोलिदिन सक्दैनौ?" लिजाले उपाय सुझाइ।


"म पनि यही सोच्दै थिए धेरै दिन देखि। जाने बेलामा केहि रकम उसैको हातमा दिउँ भन्ने सोचिरहेको छु। बाबुको कर्तब्य निभाउन त सकिन सकिन, सानो सहयोग त परचक्रिले पनि गर्छ। बरु म परचक्रि नैं भइदिन्छु बरु।" सार्थकलाइ पनि चित्त बुझ्यो लिजाको कुरा।


क्रमश:

Last edited: 28-Jul-09 12:44 PM
Read Full Discussion Thread for this article