Posted by: Deep July 27, 2009
~ * चौतारी १५३ *~
Login in to Rate this Post:     0       ?        

जिम्माल, टेकुमा बिस्नुमतीको पुलमाथि उभिएर  :  हम बेबफा हरगिज ना थे पर हम बफा करना सके --
लहरे, हिन्दै मोटरसाईकल गुडाउँदै गरेको रोकेर: हन ए जिम्माल, यो पानी टाट भा बिस्नुमतीमा फाल हालेर मर्ने सुर कस्या कि क्या हो?


जिम्माल: अब के मराई भो र खै?


लहरे: अनि किन त यस्तो बिरक्त्या गीत गाएर यो पुलाँ बस्या त?


जिम्माल: यही पुलाँ फस ट्याम रुपालाई देख्या, पुरानो कुरा याद आएर नी --


लहरे: ए, पुरानो लभ सम्झेर बस्या? कति चल्यो नी लभ?


जिम्माल: पर्न पा भे त चल्थ्यो पनि होला नी -- अनि यो मोटरसाईकल नचडेर किन घिच्याउँदै हिन्या? पन्चट भा जस्तो नी देखिंदैन--


लहरे: प्याटोल सकिएर बिजोग भो नी -- बज्या रिट्ठेलाई त मैले पाए देखि नगरपालिकाको लड्डु ख्वाईंदिन्थें -- के गर्नु र


जिम्माल: किन, के गर्यो र रिट्ठे ले?


लहरे: कस्तो के गर्यो? यो मोटरसाईकल मेरो हो त?


जिम्माल: अनि के खान अरुको प्याटोल सक्या मोटरसाईकल घिसारेर हिनी रा त? रिट्ठेले घिसार्दै थ्यो अनि ब्रोलाई जिम्मा लाएर टाप दियो कि क्या हो?


लहरे: काँ जिम्माल? बानेश्वराँ थेँ अघि म -- मलाई है नयाँ बजार नपुगी नभाको थ्यो -- ट्याक्सी रोक्नै ला थें रिट्ठे आईपुग्यो काँ बाट हो यै मोटरसाईकलाँ -- यस्तो जाममा ट्याक्सी चढेर नयाँ बजार जान त हजार रुप्या लाग्छ,  बरु म पुर्याईदिन्छु ल बस भन्यो -- बसेँ है अनि त बेकरीमा रोक्छ -- मोमो ख्वा अनि पुर्याईदिन्छु भन्न थाल्यो -- मरोस भनें -- चार प्लेट उडायो --


जिम्माल: चार प्लेट? बज्या अस्ति उस्ले तिर्ने दिन त हाफ्प्लेस भन्थ्यो--


लहरे: हो त नी --चम्बु छ भन्या -- अनि है मोमो बजाएसी चैं ल पेट चर्कियो -- मोटरसाईकल चलाउन नसक्ने भएँ भन्न थाल्यो -- नयाँ बजार चै मलाई कस्ले पुर्याउँछ नी भनेर म रन्किन थाले पछी ल ल तँ चला म पछी बस्छु भनेर साँचो जिम्मा लायो -- कस्को मोटरसाईकल यो भन्या? हर्केको भन्थ्यो -- माईतीघराँ आईपुगे पछी, मोटरसाईकल रोक रोक भन्न थाल्यो --


जिम्माल: कस्को माईतीघर आए पछी?


लहरे: कस्को माईतीघर रे? रुपाको--अब भो?--- के कुरा गर्या जिम्माल? माईतीघर भन्या था छैन?


जिम्माल: त्यै त रुपाको माईतीघराँ ससुराली होला भन्ने कत्रो आश थ्यो आफ्नो -- मुरलीधरको जस्तो भो --


लहरे: को मुरलीधर?


जिम्माल: को हुन्थ्यो त्यै उडायो सपना सबै हुरीले भन्ने गीत गाउने क्या त---


लहरे: ह्या जिम्माल, अनि यता कुरा सुन न -- अनि माईतीघराँ मोटरसाईकल रोकेसी मेरो फेरी बानेश्वर जानु पर्ने भो -- एउटा चिज छुट्यो -- तँ मोटरसाईकल लिएर जा -- काम सकिए पछि कुमारीगालमा लग्दिनु --त्यैं हुन्छ रे हर्के  भन्दै खुरुरु कुदेर बाटो काट्यो अनि बस चढेर गयो --


जिम्माल: हैन लहरे ब्रो, कुरा त निक्कै लामो छ कि क्या हो? घर जानु पर्ने अध्याँरो हुन लागिसक्यो --


लहरे: सकिन लायो, पखन -- अनि है सिंहदरबार अघि पुगे पछी त मोटरसाईकल बन्द भै गो नी -- त्यै तेल सकिन ला रे छ र मलाई मोटरसाईकल जिम्मा लाएर भाग्या रे छ बज्या --


जिम्माल: अनि यो धकेल्नु सट्टा त आफ्नै पैसाले प्याटोल हाल्या भे पनि त हुन्थ्यो नी --


लहरे :हुन्थ्यो नी जिम्माल -- पेट चर्कियो भनेर् पछाडी बसीरथ्यो बज्या -- अहिले भद्रकालीमा प्याटोल हाल्छु भनेको त वालेटै छैन --- अब तेल्लाई नगरपालीकाको लड्डु नख्वाए कस्लाई ख्वाउनु?


जिम्माल: अनि नया बजार जाने मान्छे किन यता आ त?


लहरे: ह्याँ टेकुमा मामाको पसल थ्यो र पैसा सापटी माग्न आको -- २ बजे देखि टेकु बन्द रे फेरी आज -- खत्तम भो नी -- कुमारीगाल पुर्याउनु पर्ने मोटरसाईकल --साँझ पर्न लाईसक्यो --


जिम्माल: त्यै त -- मेरो पनि पर्स पाकेटमारले लग्यो हिंजो मात्रै, रुपाको फोटो थ्यो -- स्टुडियोमा चिन्या साथी थ्यो र हात पार्या थेँ --


लहरे: त्यो पाईन्टको पछाडीको खल्तीमा भुक्क पर्या चै के नी?


जिम्माल: यो पाईन्ट त दाईको -- अब उस्को पाईन्टमा के छ के के नी -- ल दाई पाईन्ट खोजी रा होला -- म लागें है --


लहरे: ए जिम्माल ए!
(जिम्माल दौडीदै गएर भिडमा हराको लहरे हेरी रहन्छ ---)

Read Full Discussion Thread for this article