Posted by: shirish July 26, 2009
कात्रो बाँड्ने मलामी मन्त्री !
Login in to Rate this Post:     0       ?        

बिरामी एकातिर, शिविर अर्कैतिर

अर्जुन शाह

बाजुरा-नागरिक संगठनको चर्को दबाबपछि पखाला नियन्त्रणका लागि जुगाडा गाविस गएका जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी रोग प्रभावित गाउँ नगई अर्कै ठाउँमा शिविर सञ्चालन गरेर फर्किएका छन् ।

पखालाकै कारण ५ जनाको ज्यान गएको र सयांै बिरामी भएको सटेडा र बसालामा स्वास्थ्य शिविर सञ्चालन गर्न गएको टोली गाउँभन्दा करिब एक घन्टाको पैदलमा पर्ने घटमना भन्ने स्थानमा शिविर सञ्चालन गरी फर्किएको थियो ।

रोगले यी गाउँ निकै प्रभावित हुँदा समेत स्थास्थ्य कार्यालयले वास्ता नगरेको भन्दै सदरमुकामस्थित नागरिक संगठनका कार्यकर्ताले कार्यालयको चर्को आलोचना गरेपछि उनीहरू बसाला र सटेडामा शिविर सञ्चालन गर्न गएका थिए ।

स्थानीय बासिन्दा र नागरिक समाजका प्रतिनिधिले स्वास्थ्यकर्मीको यस्तो कार्यलाई गैरजिम्मेवार भएको बताएका छन् । नागरिक समाजका शेरबहादुर रौलेले कान्तिपुरसँग भने, 'यो भन्दा ठूलो लापरबाही के हुन्छ ?' गाउँका अधिकांश बिरामी परेकाले सिकिस्त भएकालाई शिविरस्थलसम्म पुर्‍याउनै नसकिएको स्थानीय डम्बर महतले बताए ।

बसाला र सटेडामा अहिले १ सय ५० भन्दा बढी बिरामी सिकिस्त रहेको स्थानीय बासिन्दाले बताएका छन् । श्रीमतीको पखालाकै कारण मृत्यु भइसकेको र घरका पाँचै जना बिरामी परेका धनलाल रोकायाले आफूहरूप्रति निकै अन्याय भएको बताए ।

स्थानीय स्वास्थ्य चौकीमा हाल ४ पाकेट जीवनजल र ३ बोतल स्लाइन पानी मात्र रहेको अहेव दुर्गानन्द चौधरीले बताए । सदरमुकाममा समेत पर्याप्त औषधि र स्वास्थ्यकर्मी छैनन् । हालसम्म यस जिल्लामा पखालाले ११ जनाको मृत्यु भइसकेको छ । 

संस्थाद्वारा सहयोग

जाजरकोट- झाडापखाला प्रभावितहरूको उपचारका लागि विभिन्न संघसंस्थाहरूले सहयोग गरेका छन् ।

युनिसेफ र कन्सर्न वल्र्डवाइडको सहयोगमा नेपाल स्वास्थ्यका लागि पानी -नेवा) ले पानी शुद्धीकरणका लागि १ लाख २ हजार एकोट्याप ट्याब्लेट माहामारी प्रभावित साल्म, दशेरा, सुवानाउली र मजकोटमा वितरण गरेको छ ।

संस्थाले सरसफाइका लागि माइकद्वारा जनचेतनामुूलक कार्यक्रम समेत सञ्चालन गर्दै आएको संस्थाका मन वाग्लेले बताए । जीटी जेड पास्राले ४२ हजार, लाइन्स कल्बले ४० हजार, पूर्व सांसद गोविन्द विक्रम शाहले १ लाख राजीव विक्रम शाहले १४ लाख, हेल्भेटास जाजरकोटले १ लाख ५० हजार, डिएफआईडी समुदाय सहयोग कार्यक्रमले १ लाख ३३ हजार बराबरको औषधि सहयोग गरेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

ँहैजाको कारण दूषित पानी’

नेपालगन्ज- राप्रपा केन्द्रीय सदस्य गोविन्दविक्रम शाहले खाद्य संस्थान तथा विश्व खाद्य कोषको स्तरहीन खाद्यान्न र दुूषित पानीले जाजरकोटमा हैजा फैलिएको

बताएका छन् ।

हैजा प्रभावित क्षेत्रमा राखिएका १९ स्वास्थ्य शिविरसमेत अपर्याप्त रहेको उनले बताए । महामारी प्रभावितहरूलाई औषधि पुर्‍याएर नेपालगन्ज फर्केका शाहले कान्तिपुरसित भने, 'खाद्य तथा स्वास्थ्य संकट घोषणा गरेर प्याकेजमा उपचार र खाद्यान्न पुर्‍याउनुपर्छ ।' सिम्कालगायतका औषधि कम्पनीहरू र श्रीएयरको सहयोगमा एक लाख २५ हजारको औषधि क्षेत्रीय स्वास्थ्य र जाजरकोट जिल्ला अस्पताललाई हस्तान्तरण गरेको उनले बताए । महामारी फैलिँदासम्म सरकार र सांसदहरूले बेवास्ता गरेको आलोचना गर्दै शाहले भने- अझै पनि औषधि अपर्याप्त छ । पुगेको ठाउँमा पनि स्वास्थ्यकर्मी अभाव छ ।    

थप एकको मृत्यु

डडेल्धुरा- महामारीको रूप लिन थालेको झाडापखालाले डडेल्धुराको अजयमेरु गाविसमा शनिबार बिहान थप एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अजयमेरु-४ देउलीगाउँकी सरुदेवी ऐर रहेकी छन् । जिल्लाको बेलापुर, कोटेली, बगरकोट, भद्रपुरपछि झाडापखालाको प्रकोप अजयमेरु गाविसमा पनि फैलिएको  छ । अजयमेरु गाविसका वडा नंं. ९ मा झाडापखाला फैलिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार अजयमेरुमा पनि दर्जनौं सर्बसाधारणहरु प्रभावित भएको छन् । प्रभावित क्षेत्रमा शनिबार औषधिसहितको स्वास्थ्यकर्मी टोली परिचालन गरिएको जिल्ला अस्पतालका डा प्रकाश क्षेत्रीले

बताए । अजयमेरुमा शुक्रबारदेखि अचानक फैलिएको झाडापखालाले गम्भीर भएका तीन जना बिरामीलाई जिल्ला अस्पताल डडेल्धुरा ल्याइएको छ ।

यसैबीच जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुरामा जिल्लास्थित सरकारी एवं गैरसरकारी कार्यालयका प्रतिनिधिहरूसँग छलफल गरी झाडापखाला रोग रोकथाम तथा बिरामीहरूको उपचारमा सहयोगका लागि आग्रह गर्नुका साथै तत्काल प्रभावित क्षेत्रहरूमा सहयोगी कार्यकर्ता पठाइदिन अनुरोध गरेको छ । झाडापखाला प्रभावित आधा दर्जन गाविसमा स्वास्थ्यकर्मीहरूको टोली उपचारमा संलग्न रहेको र  प्रकोप थप फैलिएका गाविसहरूमा पनि स्वास्थ्य टोली पठाइएको वरिष्ठ जनस्वास्थ्य अधिकृत श्रीकृष्ण भट्टले जानकारी दिनुभएको छ  । सोमबारसम्म झाडापखालाबाट डडेल्धुरामा मर्नेहरूको संख्या पाँच पुगिसकेको छ ।

यसैगरी सल्यानमा झाडापखालाबाट स्विकोट-१ टाटकेमा थप एकजनाको शनिबार मृत्यु भएको छ । उपचारका लागि मिसन अस्पताल लैजाने क्रममा मोहन बुढाथोकीको मृत्यु भएको हो ।

केही दिनअघि उनकै परिवारकी ३५ वषर्ीया हुमा बुढाथोकीको मृत्यु भएको थियो । प्रदूुषित पानीले टाटकेमा एक सातादेखि झाडापखाला फैलिएको थियो । झाडापखालाका कारण बुढाथोकीको परिवारका सबै प्रभावित भएका थिए । 

जिल्लामा झाडापखालाबाट मर्नेको संख्या ९ पुगिसकेको छ । स्वास्थ्यकर्मीको टोलीले झाडापखाला नियन्त्रणमा ल्याएको दाबी गरे पनि गाउँमा समस्या कायमै रहेको स्थानीय रत्नबहादुर बिकले बताए । 

स्विकोटमा थप एकको मृत्यु भएपछि थारमारे स्वास्थ्य केन्द्रबाट स्वास्थ्यकर्मीको टोली शनिबार त्यता पठाएको जिल्ला स्वास्थ्य कार्यालयका डा. सुन्दर सुवालले बताए ।

Posted on: 2009-07-25 20:15:27 

Read Full Discussion Thread for this article