Posted by: lakhe July 24, 2009
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Login in to Rate this Post:     0       ?        
Another example of protecting the culprit and blaming the victim:

नयाँ पत्रिका

काठमाडौं, ८ साउन

विराटनगर घर भई राजधानीको बानेश्वरस्थित एक घरमा काम गर्न बसेकी मजदुर बालिका मालिकबाट बलात्कृत भएकी छिन् ।

नयाँबानेश्वर खरिबोटका करिब ४० वर्षीय घरमालिक सरोज गौतमले आफ्नै घरमा काम गर्ने विराटनगर पानीट्यांकी-१ की १२ वर्षीया बालिका कविता (नाम परिवर्तन) लाई घरमा कोही नभएको मौका छोपी बलात्कार गरेका हुन् । गौतमले गत २७ असारमा बालिकालाई बलात्कार गरेको उनकी दिदीले महानगरीय प्रहरी वृत्त, बानेश्वरमा दर्ता गराएको जाहेरीमा उल्लेख छ ।

गौतमले घरमा कोही नभएको वेला आफूलाई जबर्जस्ती गरेको पीडित बालिकाले नयाँ पत्रिकालाई बताइन् । 'घरमा कोही थिएनन्, अंकल रक्सी खाएर आएका थिए, ढोका थुनेर मलाई जबर्जस्ती गरे,' पीडित बालिकाले भनिन् ।

'म चिच्याएँ तर मुख थुनिदिए, जबर्जस्ती सुताएर थिच्न थालेपछि नानी चिच्याइन्, अनि दोस्रो तलाको आन्टी नानी किन चिच्याएको भनेर ढोका ढकढक्याउन आउनुभयो,' उनले भनिन् ।

बालिकालाई जबर्जस्ती गर्न थालेपछि गौतमकी दुईवर्षे छोरी चिच्याएको उनले जानकारी दिइन् । घरको दोस्रो तलामा बस्ने महिलाले ढोका ढकढक्याएपछि गौतम घरबाट निस्केका थिए । पछि, उनकी श्रीमती ऐनु गौतम आएपछि मालिकको ज्यादतीबारे बताएको बालिकाले सुनाइन् । 'म बाहिर गएकी थिएँ, आउँदा बाहिरै रहिछ, आउनेबित्तिकै सरले यस्तो गरे भनी,' ऐनु गौतमले नयाँ पत्रिकालाई भनिन्, 'तर उसको कुरामा विश्वास भएन कट्टु खोल्न लगाएर हेरेँ, रगतहरू केही थिएन ।'

श्रीमती गौतमले आफ्नो लोग्ने निर्दोष रहेको जिकिर गरिन् । 'मैले तत्काल लोग्नेलाई फोन गरेँ, उहाँ त नभएको कुरा गर्ने त्यसलाई टुक्रा-टुक्रा पारेर फालिदिन्छु भन्दै आक्रोशित हुनुभयो,' श्रीमती गौतमले भनिन् ।

तर, बालिकाले भने मालिक्नीले कट्टु खोल्न लगाएर हेरेको र मालिकलाई फोन गरेर 'तँ कुकुर, राक्षस... छोरीजस्तीलाई यस्तो गर्ने ?' भनेर कराएको बताइन् ।

श्रीमती गौतमले यो कुरा कतै नभन्, यसको बेइज्जत हुन्छ भने फकाएको पनि उनले बताइन् । गौतम फर्केपछि बालिकाको ज्यानै खतरा हुने देखेर श्रीमती गौतमले बालिकालाई नन्दको डेरामा पठाएकी थिइन् ।

'आन्टीले उहाँको नन्द कविता गौतमको डेरामा पठाउनुभयो,' बालिकाले भनिन्, 'कविता आन्टीलाई पनि थाहा छ, तर उहाँले पनि मेरो दाइले यस्तो गर्नै सक्दैन तैँले नै बढी बोलेको भनेर हप्काइन् ।'

सोही दिन साँझ श्रीमती गौतम आफैँ नन्दको कोठामा पुगी बालिकालाई भोलि बिहान घर आउनू भनेर फर्किएकी थिइन् । भोलिपल्ट श्रीमती गौतमकी सासूले 'सरोज रिसाइरहेको छ, यसलाई मार्छ अन्तै पठा' भनेपछि आफूलाई अर्की नन्द प्रतीक्षाको घरमा पठाइएको बालिकाले बताइन् ।

'भोलिपल्ट प्रतीक्षा दिदीको घरमा बसेर पीडित बालिका आफ्नै दिदी काम गर्न बसेको घरमा शरण लिन पुगेकी थिइन् । पीडित बालिकाकी दिदी अञ्जुले मालिकको सहयोगमा माइती नेपालको शरणमा बहिनीलाई पुर्‍याएकी थिइन् । बालिका अहिले सिविस नामक संस्थामा छिन् ।

बाबुको मानसिक सन्तुलन गुमेपछि आमाले अर्कै विवाह गरेको र दिदी र आफ्नो कमाइ पनि आमाले नै लाने गरेको पीडित बालिकाले सुनाइन् ।

बालिकालाई श्रीमती गौतमले एक वर्षअघि पढाइदिने सर्तमा घरमा काम गर्न लयाएकी थिइन् । बालिकालाई सुरुमा स्कुल भर्ना गरिदिए पनि पछि आफ्नी छोरी हेर्नुपर्ने भन्दै छुटाएका थिए ।

http://www.nayapatrika.com/newsportal/desh/3905.html


Read Full Discussion Thread for this article