Posted by: Rahuldai July 24, 2009
कात्रो बाँड्ने मलामी मन्त्री !
Login in to Rate this Post:     0       ?        

जाजरकोट, हुम्ला, जुम्ला देशले नै बेवास्ता गरिएका क्षेत्र हुन। झाडापखाला ले ज्यान जानु त्यो पनि सयौं को संख्यामा सुन्दा पढ्दा अचम्म लाग्दो छ । नेताले बेवास्ता गरे, नेता लाई गाली गर्न लायक का छन , गाली गरोस। स्वस्थ् कर्मी पुगेन । स्वस्थ् कर्मिलाई गाली गर्नुस् । ओखती पुगेन, जिम्मेवार निकायलाई गाली गर्नुस् ।


त्यो भन्दा पहिले रोग को जरो के हो , किन अनियन्त्रित भए? के झाडापखाला ले ज्यानै जान्छ त ? दुषित पानी र दुषित खाने कुरा नै मुख्य जड हुन। त्यो जजरकोटे लाई पनि थाहा छ । दुषित पानी उमालेर वा ओखती घोलेर खानु पर्छ, देश देशाबर हाक्ने नेता कार्यकर्ता घरै पिच्छे भएको ठाउँ मा थाहा छैन भनेर म पत्याउन सक्दैन।


ओखती ले ज्यान जोगाउने होइन, सरसफाइ र स्वस्थ् पानी र खाने पानी नै हो। खानेपानी कै मुहान मै आछी गर्ने बानी कहिले बन्द हुन्छ ?


यस्तो संकटकाल मा के सरकार को मात्र मुख ताकेर समाधान हुन्छ त, डाक्टर साहेब। जाजरकोटे पनि नेपाली नै हो। साइबाबा को भजन गाउन एकै छिन बन्द गरी चिकित्सकको टोली सहित आँफै जाने कि त्यता तिर ? या सरकार को आलोचना गर्दै आफ्नो माइबाप को चाकडी गर्दै बस्ने ?
 


 

Read Full Discussion Thread for this article