Posted by: timer July 21, 2009
yehi ho nepal, nepali li ko ghara, amazing 3 (Nepali Congress reliability)
Login in to Rate this Post:     0       ?        

कांग्रेसका ६८ निर्णय ६५ अलपत्र






image




एक
वर्षयता र्काग्रेसले गरेका निर्णयमध्ये राष्ट्रपति, उपराष्ट्रपति र
संविधानसभा अध्यक्षलाई शुभकामना दिने निर्णय कार्यान्वयन भए अन्य निर्णय
अलपत्र छन्




नयाँ पत्रिका


काठमाडौं, ६ साउन


कांग्रेसले एक वर्षमा गरेका अधिकांश
निर्णय अलपत्र छन् । ११ साउन, ०६५ देखि ८ असार, ०६६ सम्म कांग्रेसका १२
बैठकले ६८ वटा निर्णय गरेका थिए । तर, राष्ट्रपति, उपराष्ट्रपति र
संविधानसभाका अध्यक्षलाई बधाई दिनेबाहेकका निर्णय कार्यान्वयन भएका छैनन् ।


एक वर्षयता कांग्रेस सभापति गिरिजाप्रसाद
कोइरालाको निवासमा दर्जनौँ अनौपचारिक बैठक भएका छन्, त्यसको लेखाजोखा छैन
। तर, एक वर्षमा कांग्रेसले औपचारिक बैठक मात्र १२ पटक गरेको छ, त्यसमा
दुईवटा आकस्मिक थिए ।


कांग्रेस केन्द्रीय समितिले गरेका
अधिकांश निर्णय 'माइन्युट' मा मात्र सीमित छन् । पार्टीको १२ औँ महाधिवेशन
आगामी भदौभित्र गर्ने, सबै जिल्लामा पार्टीको भावनात्मक एकताका लागि
कार्यक्रम गर्ने, पार्टीका विभागहरू गठन गर्नेलगायतका निर्णय अलपत्र छन् ।


राष्ट्रपति डा. रामवरण यादव,
उपराष्ट्रपति परमानन्द झा र संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई बधाई
दिने, निर्वाचनमा सहयोग गर्ने सबै राजनीतिक दललाई धन्यवाद दिनेजस्ता
निर्णय भने कार्यान्वयन भएका छन् । गत वर्ष ११ देखि १३ साउनसम्म बसेको
कांग्रेस केन्द्रीय समितिको बैठकले राष्ट्रपति, उपराष्ट्रपतिसहित
संविधानसभाका अध्यक्षलाई बधाई दिने निर्णय गरेको थियो । त्यही बैठकले
निर्वाचनमा सहयोग गर्ने राजनीतिक दलहरूलाई धन्यवाद दिएको थियो ।


सो बैठकले मुलुकको राजनीतिक चुनौतीको
सामना गर्न उपसभापति रामचन्द्र पौडेललाई अवधारणा-पत्र तयार गर्न भनेको
थियो । अवधारणापत्र तयार पनि भयो, तर त्यसका बारेमा पार्टीभित्र छलफलसम्म
भएको छैन ।


२९ र ३० साउनको अर्को बैठकले राजनीतिक
दलहरूबीच सहमति कायम हुन नसकेपछि पार्टीका तर्फबाट व्यवस्थापिका संसद्मा
प्रधानमन्त्रीको उम्मेदवारी दिने निर्णय गरेको थियो । उसले त्यसका लागि
एमाले, मधेसी जनअधिकार फोरमलगायतका दलहरूसँग परामर्श थाल्ने भनेको थियो,
तर त्यो पनि कार्यान्वयन भएन ।


९ देखि २१ भदौसम्म बसेको बैठकले आगामी
-२०६६) भदौभित्रमा पार्टीको १२ औँ महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
तर, एक वर्ष बित्न लाग्दा पनि महाधिवेशनको मितिसमेत तोकिएको छैन ।


जिल्ला र क्षेत्रमा यथाशीघ्र अधिवेशन
गर्ने भनिए पनि अहिलेसम्म क्रियाशील सदस्यता वितरणसमेत सुरु भएको छैन ।
केही जिल्लामा सदस्यता वितरणका लागि सदस्यता-पत्र पठाए पनि आन्तरिक
विवादका कारण अहिलेसम्म वितरण सुरु भएको छैन ।


कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला,
कार्यवाहक सभापति सुशील कोइरालासहितका नेताले परिवर्तित राजनीतिक अवस्थामा
केही समय सरकार गठनमा सक्रिय रहनुपरेकाले महाधिवेशनको तयारीमा लाग्न
नसकेको बताएका छन् । सभापति कोइरालाले पार्टीको १२ औँ महाधिवेशन आगामी
मंसिरमा गर्ने संकेत दिएका छन्, तर त्यसको औपचारिक टुंगो लागेको छैन ।


कांग्रेसले गत मंसिर-पुसमा राष्ट्रिय
जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । त्यस क्रममा सभापति
कोइराला केही ठाउँका सभालाई सम्बोधन गर्न पनि पुगेका थिए । तर, उनी
अस्वस्थ भएपछि अभियान नै बीचमा अलपत्र परेको छ ।


भदौ मसान्तभित्रै पार्टीको केन्द्रीय
विभाग र समितिहरू गठन गर्ने निर्णय भएको थियो । तर, कांग्रेसको कुनै पनि
समिति र विभागहरू गठन भएका छैनन् । भ्रातृसंगठनहरूको विवादलाई समाधान गर्न
पार्टीले गठन गरेको संयन्त्रले उनीहरूसँग छलफल गरे पनि अहिलेसम्म कुनै
निर्णय गर्न सकेको छैन ।


९ र १० फागुनमा बसेको बैठकले नयाँ
संविधान बनाउने कार्यलाई केन्द्रमा राखी पार्टीका सबै तह र इकाइबाट सुझाब
संकलन गर्ने भनेको थियो, तर कार्यान्वयन भएन ।


सबैजसो निर्णय अलपत्र परे पनि कांग्रेस
उपसभापति गोपालमान श्रेष्ठ भने पार्टीका निर्णय कार्यान्वयन भएका छैनन्
भन्ने अस्वीकार गर्छन् । मुलुकको विषम राजनीतिक परिस्थितिका कारण कतिपय
निर्णय कार्यान्वयनमा ढिलाइ भएको उनको टिप्पणी छ ।


'केन्द्रीय समितिले गरेका धेरै निर्णय
कार्यान्वयन भइसकेका छन्, तर महाधिवेशनलगायत संगठन निर्माणका काममा केही
ढिलाइ भएको छ,' उनले भने ।



Read Full Discussion Thread for this article