Posted by: Nepe July 20, 2009
Good News from Nepal
Login in to Rate this Post:     0       ?        

एकदमै उत्साहवर्धक समाचार ।


गगनजीसंग नेपालको राजनैतिक नेतागणको सामुहिक समस्याको बारेमा कुरा हुँदा अधिकांश नेतागणको आर्थिक परनिर्भरता नेपालको भ्रष्टाचार देखि लिएर अवसरवादीतासम्मको लागि मूल जिम्मेवार भएको कुरामा हामी सहमत थियौं । अर्का एकजना सफल युवा कार्यकारीले धेरै वर्ष पहिले भनेको एउटा कुरा मेरो मनमा गढेको गढेई छ । उनी पनि त्यही भन्दथे, आर्थिक आत्मनिर्भर नभईकन पेशेवर राजनीतिमा लाग्नु हुन्न ।


आर्थिक रुपले आत्मनिर्भर केही नेताहरुको व्यवहार पनि अरुजस्तै भएकोले केही प्रश्न त अनुत्तरित छ नै । र पनि मोटामोटीमा परनिर्भरले भन्दा आत्मनिर्भर नै बढी स्वतन्त्र, निर्भय र आचारयुक्त राजनीति गर्न सक्ने सम्भावना त स्पष्टै छ ।


नेतागणको योग्यताको बारेमा हाम्रो पुरानो मुल्य (जेल बसेको र प्रियजनको आर्थिक कृपाले जीवन गुजारिरहेको) लाई जलाएर नयाँ मान्यता स्थापना र प्रयोग गर्ने बेला हो ।


आर्थिक रुपले आत्मनिर्भर बन । यो पहिलो दिग्दर्शन हुनुपर्छ सबै तहका नेता र ईच्छुकहरुको लागि ।


राजनीतिमा लागेर त्यसबाट आर्थिक लाभ हासिल गरी जीवन गुजार्ने वा सुधार्ने सोचलाई छि:छि: र दुरदुर गर्नुपर्छ ।


हुन त माओवादी सर्वहारावाद (किताबमा मात्रै भए पनि) को उल्लेख्य space रहेको वर्तमान समयमा यस्तो कुरा पूर्ण सान्दर्भिक नलाग्न सक्छ ।


तर हिपोक्रेटिक नभईकन सोच्ने हो भने, पेशेवेर राजनीति भनेको आत्मनिर्भरले मात्र गर्नुपर्ने पेशा हो ।


गगनजीहरुको यो आर्थिक व्यावसायिक कामले सबै पेशेवर र ईच्छुक नेताहरुलाई आर्थिक आत्मनिर्भरताको लागि प्रेरणा र मार्ग देओस् ।


 


Nepe  

Read Full Discussion Thread for this article