Posted by: bhusiyakukur July 20, 2009
नेपालमा २ करोड कण्डम अपुग
Login in to Rate this Post:     0       ?        

नेपालमा २ करोड कण्डम अपुग

 


विजय नेपाल/पोखरा, ४ साउन , dainikee




प्रयोगकर्ताहरु बढेपछि नेपालमा परिवार नियोजनको अस्थायी साधन कण्डमको माग
अनुरुप आपूर्ति हुन सकेको छैन । हाल २ करोड कण्डमको पूर्ति हुन नसकेको हो


नेपालमा वाषिर्क ६ करोड २९ लाख कण्डमको माग भए पनि ४ करोड २९ लाख मात्र
कण्डम पूर्ति भएको पोखरामा आइतबार आयोजित एक कार्यक्रममा जानकारी दिइयो ।
नेपालमा हाल ४.८ प्रतिशत कण्डम प्रयोगकर्ता छन् ।

सुनौलो परिवार नेपालले पोखरामा जोडी गोल्ड पि्रमियर कण्डम बजारमा ल्याउने क्रममा सो जानकारी दिइएको हो ।

सुनौलो परिवार नेपाल र मेरी स्टोप्स सेन्टर पोखराले आइतबार साँझ
संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा सभासद् कृष्णकुमारी परियारले सो
कण्डमको बजारिकरण सुरुआत गरिन् ।

जोडी गोल्ड पि्रमियर कण्डम अन्य कण्डमको तुलनामा सस्तो भएको तथा पान पसल,
औषधी पसल, किराना पसल लगायतमा पनि सहजै प्राप्त गर्न सकिने सुनौलो नेपाल
परिवारका क्षेत्रीय व्यवस्थापक सुरेश गिरीले बताए ।

सुन्तलाको रंगमा रहेको यो कण्डम पातलो, र डटेड भएकोले पनि यौन सन्तुष्ट दिलाउन सक्ने उनको दाबी छ ।

Read Full Discussion Thread for this article