Posted by: timer July 19, 2009
yehi ho nepal, nepali li ko ghara, amazing1
Login in to Rate this Post:     0       ?        

Because of present crisis, job is really difficult here is USA but in Nepal at least every party has youth force and seems they are trying to give employment.

Samayama nai sabailai sadbudhi deu, youth lai srijan sil kam deu, Force Haina

http://www.nayapatrika.com/newsportal/cover_story/3718.html

युथफोर्स सोझै एमालेले चलाउने






image







नयाँ पत्रिका


काठमाडौं, ४ साउन


युथफोर्सलाई एमालेले पार्टीमातहत सीधै चलाउने भएको छ । यसअघि युथफोर्स एमाले भ्रातृ संगठन प्ररायुसंघको मातहत थियो ।


पार्टीको स्वयंसेवी संगठन पिपुल्स
भोलेन्टियर्स, युथफोर्स र पार्टीको अतिरिक्त क्रियाकलाप विभागलाई समायोजन
गरी युथफोर्सको नयाँ संरचना बनाइनेछ ।


पार्टी केन्द्रीय समितिको दोस्रो बैठकले
फोर्सको समायोजित संरचनालाई सम्बन्धित तहका पार्टी कमिटीहरूबाट सीधै
सञ्चालन गर्ने निर्णय लिएपछि नयाँ संरचनासम्बन्धी निर्देशिका बनाउन
लागिएको हो ।


केन्द्रीय कमिटीको दोस्रो बैठकले तीनवटै
संगठनलाई समायोजन गरी नयाँ सांगठनिक संरचनासम्बन्धी निर्देशिका तयार गर्न
केन्द्रीय सदस्य योगेश भट्टराईलाई जिम्मेवारी दिएको छ । उनलाई एमालेले
युथफोर्सको संयोजकसमेत तोकेको थियो । पार्टीका अन्य भ्रातृ संगठनलाई
फाँटअन्तर्गत परिभाषित गरिए पनि युथफोर्सलाई पार्टीरक्षक दस्ताको रूपमा
परिचालन गर्न लागिएको छ ।


कार्यदलले निर्देशिका केन्द्रीय कमिटीलाई
बुझाएपछि समितिले अनुमोदन गरी युथफोर्स परिचालन गरिने फोर्सका संयोजक
भट्टराईले बताए । उनले निर्देशिका निर्माण अन्तिम चरणमा रहेको र यसै साता
पार्टीलाई बुझाइने जानकारी दिए ।


निर्देशिकामा पार्टीको केन्द्र, जिल्ला,
गाउँ, नगर र वडा तहबाट पार्टी संयन्त्रले नै प्रत्यक्ष फोर्स परिचालन
गरिने उल्लेख छ । 'पार्टीले स्वयंसेवी संगठनको रूपमा युथफोर्सलाई
प्रत्यक्ष सञ्चालन गर्नेछ,' संयोजक भट्टराईले नयाँ पत्रिकालाई बताए ।


पार्टीका कार्यकर्ता, विचार र संगठनको
रक्षा, जनसेवा, प्राकृतिक प्रकोप उद्धारजस्ता काम फोर्सले गर्ने भट्टराईले
वताए । 'पार्टीको प्रत्यक्ष निर्णयअनुरूप पार्टीपंक्ति, संगठन र
कार्यकर्ताको रक्षा, प्राकृतिक विपत्ति र प्रकोपवाट जनताको उद्धार गर्ने
काम यसले गर्छ,' भट्टराईले भने ।


पार्टीको अतिरिक्त क्रियाकलाप विभाग,
पिपुल्स भोलेन्टियर्स र युथफोर्सका एक-एक प्रतिनिधिसहितको टोलीले यसै साता
निर्देशिका टुंगोमा पुर्‍याएर पार्टीलाई बुझाउने युथफोर्स प्रमुख महेश
बस्नेतले वताए । नयाँ संरचनामा जाने भएपछि युथफोर्सले आफ्ना सांगठनिक काम
स्थगित गरेको छ । निर्देशिका निर्माण कार्यदलमा पिपुल्स भोलेन्टियर्सका
रूपनारायण श्रेष्ठ, युथफोर्सका ज्ञानकुमार श्रेष्ठ र अधिवक्ता वसन्त
बस्नेत छन् ।



Last edited: 19-Jul-09 11:22 PM
Last edited: 19-Jul-09 11:27 PM
Last edited: 19-Jul-09 11:28 PM
Last edited: 19-Jul-09 11:33 PM
Read Full Discussion Thread for this article